बूढासुब्बा गोल्डकप: मछिन्द्र सेमिफाइनलमा, विमलको ह्याट्रिक


काठमाण्डौ । विमल घर्ती मगरको ह्याट्रिक सँगै ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लब बूढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।
धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप अन्तर्गत मंगलबार मछिन्द्रले भारतको सन्डे एफसी कोलकोत्ता माथि सानदार जित निकाल्यो । सन्डे एफसी बिरुद्ध मच्छिन्द्र ६–१ ले विजयी भयो ।

मछिन्द्रको जितमा विमल घर्तीमगरले ह्याट्रिक गरे । यस्तै विशाल राईले दुई गोल गर्दा रेजिन सुब्बाले एक गोल गरे । कोलकोत्ताका सञ्जीव बौरीले एक गोल फर्काए । खेलको सुरुवात देखिनै कोलकक्ता माथि दवाब बनाएको मच्छिन्द्रले २० औं मिनेटमा विमलको गोल सँगै अग्रता बनायो । २८ औं मिनेटमा विशालले गोल गरेपछि पहिलो हाफ २–० को अग्रता बनाएको मच्छिन्द्र दोस्रो हाफमा थप आक्रामक देखियो । रेजिनले ४९ औं मिनेटमा र विशालले ७४ औं मिनेटमा गोल गरेपछि मच्छिन्द्र ४–ले अघि बढ्यो । त्यसपछि विममले ८० औँ मिनेटमा गोल गरे । उनले खेल सकिन केही मिनेट बाँकि हुँदा व्यक्तिगत तेस्रो गोल गरे भने मच्छिन्द्रलाई ६–१ को जित दिलाए । कोलकत्ताका सञ्जिव बौरीले ८३ औं मिनेटमा सान्त्वना गोल हाने ।
मछिन्द्रले सेमिफाइनलमा नेपाल पुलिस क्लब खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :