युभेन्ट्स लियोन सँग स्तव्ध

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा लियोनले युभेन्ट्सलाई हराएको छ । अन्तिम १६ को पहिलो लेगमा युभेन्ट्स बिरुद्ध लियोनले १–० को सरप्राइज जित निकाल्यो । लियोनले युभेन्ट्स बिरुद्ध खेलको पहिलो हाफमानै अग्रता बनाएको थियो । खेलको ३१ औं मिनेटमा लुकास टुसर्टले घरेलु टोलीका लागि गोल गरेका थिए । उत्त गोलनै निर्णायक सावित भयो । खेलको सरुवात देखिनै दवावमा राखेको युभेन्ट्सले धेरै गोलका अवसर भने खेर फालेको थियो । यी दुइ बीचको दोस्रो लेग मार्च १७ मा युभेन्ट्सको घरेलु मैदान एलिनाजमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :