मारिया सारापोभाद्धारा सन्यास घोषणा


एजेन्सी । रसियन टेनिस खेलाडी मारिया सारापोभाले सन्यास घोषणा गरेकी छिन् । पाँच पटकको ग्राण्डस्लाम च्याम्पियन सारापोभाले बुधबार टेनिस खेलबाट सन्यास घोषणा गरेकी हुन् । पछिल्ला दिनहरुमा कुममा लागेको चोट बाट ग्रसित सारापोभाले ३२ वर्षको उमेरमा सन्यास घोषणा गरिन् ।

सारापोभा उनै खेलाडी हुन् जसले सन् २००४ मा १७ वर्षको उमेरमा विम्बल्डन टेनिस जित्दै सनसनी मच्चाएकि थिइन् । खेलको क्रममा औषधि सेवन गरेको पाईएपछि उनले प्रतिवन्ध समेत भोगेकि थिइन् । सन् २०१६ सम्म उनलाई १५ महिनाको प्रतिबन्ध सुनाईएको थियो । सारापोभाले चिसो र टन्सिल बाट बच्न चिकित्सकले दिएको औषधि खाएको बताएपछि अझै लामो प्रतिवन्ध बाट बचेकि थिइन् ।

प्रतिवन्ध पछि सारापोभा फेरि टेनिसमा फर्किन् । सन् १०१७ मा कोटमा फर्किएकि सारापोभा ले सोचे अनुसारको प्रदर्शन गर्न नसकेपछि सनयास घोषणा गरेकि हुन् ।

ग्राण्डस्लाम जिते पछि रसियाकी एक सक्षक महिलाको रुपमा उनले विश्वभर प्रभाव जमाएकि थिइन् । १७ वर्षको उमेरमा विम्बल्डन टेनिस जितेकि थिइन् भने त्यसको ४ बर्ष भित्र अर्थात २१ बर्षमा ४ विम्बल्डन जित्दै ससत्त खेलाडीको श्रपमा आफुलाई उभ्याएकि थिइन् । ससत्त खेल प्रदर्शन गरेको समयमा सारापोभा ११ बर्ष सम्म सर्वाधिक कमाइगर्ने महीला खेलाडीको रुपमा समेत चिनिन्थीन् । सारापोभाको जन्म साइवेरीयामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :