रोबर्ट लेवान्डोस्की कम्तिमा चार साता मैदान बाहिर

एजेन्सी । बार्यन म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले खुट्टाको चोट बोकेका छन् । चोटका कारण उनी चार साता मैदान बाहिर रहने छन् ।
चोटका कारण मैदान बाहिर रहने भएपछि लेवान्डोस्किले उनले च्याम्पियन्स लिगको अन्तिम १६ को चेल्सीबिरुद्धको दोस्रो लेग गुमाउने छन् ।
च्याम्पियन्स लिगको अन्मि १६ को पहिलो लेग चेल्सी बिरुद्ध खेल्दा लेवान्डोस्किले बाँयाँ घुँडामा चोट बोकेको बार्यनले उल्ल्ेख गरेको छ । उनले कम्तिमा पनि ६ खेल गुमाउने छन् ।
लेवान्डोस्कि यो सिजन उत्कृष्ट फर्ममा छन् । उनी च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ताको सुचिमा छन् । उनले अन्तिम १६ को पहिलो लेगमा चेल्सी बिरुद्ध एक गोल गर्नुका साथै दुई गोलको अवसर सिर्जना गरेका थिए । जर्मन लिगमा पनि उनको प्रदर्शन अब्बल छ । लेवान्डोस्कीले यो सिजन ३३ खेलमा ३९ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :