नेपाल मलेसिया सँग पराजित


एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपाल मलेसिया सँग पराजित भएको छ । थाइल्याण्डको बैंककमा शनिबार भएको पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भयो ।

टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले दिएको १ सय ५५ रनको लक्ष्य नेपालले भेट्टाउन सकेन । १ सय ५५ रनको लक्ष सहित जवाफी ब्याटिङमा उत्रिएको नेपाल १९ दशमलव ओभर ४ ओभरमा अलआउट भयो । नेपालले मात्र १ सय ३२ रन बनाउन सक्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीले समान ३८–३८ रन बनाए । यसबाहेक अन्य ब्याट्समेनको प्रदर्शन निराशाजनक रहयो ।

नेपालले आज मध्यक्रमका कुसल मल्ललाई ओपनिङमा पठाएको थियो । कुसलले रनको खाता खोल्न सकेनन् । नेपालका पवन सर्राफले १९ रन बनाए । पारस खड्का ९ र विनोद भण्डारी ७ रन मा आउट भए । आरिफ शेखको प्रदर्शन पनि निराशाजनक रहयो । उनले मात्र ५ रन बनाए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । मलेसियाका लागि अजिज सयदले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । सन्दिप लामिछानेले सस्तैमा ३ विकेट लिएपछि धर्माराएको मलेसियाको पारी मध्यक्रमका ब्याट्समेनले धानेका थिए । मलेसियाका अनवर अरुदीनले ३१ तथा मोहमद नुरले ३० रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । सन्दीपले टी–ट्वान्टी क्रिकेटमा आफ्नो १०० को कोसेढुंगा पनि कटाए ।

यस्तै अविनाश बोहराले २ विकेट लिए । करण केसीको नाममा एक विकेट रह्यो । अब नेपालले आइतबार हङकङसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :