काठमाण्डौ ११ को ट्यालेन्ट हन्ट सुरु, ३ खेलाडीले मौका पाउने


काठमाण्डौ । चैत्त १ गतेदेखि हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटलाई लक्षित गर्दै काठमाण्डौ किंग्स ११ ले ट्यालेन्ट हन्ट सुरुगरेको छ ।


काठमाण्डौको मनमैजु (एन्जल्स स्र्पोट्स एकेडेमि) मा काठमाण्डौले शनिबार देखि ट्यालेन्ट हन्ट सुरु गरेको हो । इपीएलको सहभागि टोली काठमाण्डौले ट्यालेन्ट हन्ट मार्फत ३ जना सम्म खेलाडीलाई टोलीमा समाबेस गर्ने सोच बनाएको छ । ट्यालेन्ट हन्टमा तीन सय बढी खेलाडीले सहभागिता जनाएका छन् ।

काठमाण्डौ ११ का मुख्य प्रशिक्षक बिनोद दाशका अनुसार ३ सय जनाबाट पहिलो चरणमा ५० जना छनौट हनेछन् । ५० जना छनोट भएपछि बन्द प्रशिक्षण हुनेछ । त्यसपछि आबस्यक १ जनालाई इपीएल खेलाईनेछ ।

इपीएलमा ट्यालेन्ट हन्ट बाट १ जना खेलाडी अनिवार्य खेलाउनैपर्ने नियम छ ।

यसपटक इपीएलमा विश्व चर्चित स्टार विदेशी खेलाडीहरुको पनि सभागिता रहेको कारण ट्यालेन्ट हन्ट मार्फत इपीएल खेल्ने चाहाना राख्ने युवा खेलाडीहरुको संख्यामा पनि बृद्धि भएको छ ।
इपीएल क्रिकेटको तेस्रो संस्करण आगामी चैत्र १ गते बाट सुरुहनेछ । कमितमा पनि त्यसको एकसाता अघि सबै टोलीले ट्यालेन्टहन्ट मार्फत खेलाडी छनोट गरिसक्ने लक्ष बनाएका छन् । चितवन टाइगर्सले भने ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरिसकेको छ ।

इपीएलमा काठमाडौं किंस ११ सहित साबिक विजेता ललितपुर प्याट्रीयटस, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्सले सहभागिता जनाउनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :