मनाङलाई बुढासुब्बा गोल्डकपको उपाधि


सुनसरी । मनाङ मर्स्याङ्दी क्लबले धरानमा सम्पन्न २२ औं बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोलले हराउँदै मनाङले उपाधि उचालेको हो । यो मनाङको बर्षको पहिलो उपाधि हो ।

धरान रंगशालामा भएको खेलमा मनाङलाई जिताउन दयानन्द सिंह, विशाल लिम्बू र विमल रानाले गोल गरे । पुलिसका भोला सिलवालले एकगोल फर्काए ।

मनाङका लागि १० औँ मिनेटमा दयानन्दले अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएको मनाङले दोस्रो हाफमा थप २ गोल गर्यो ।
५०औं मिनेटमा विशाल लिम्बूले गोल गरे । खेलको अन्तिम समयमा बिमलले पनि एक गोल थपे । ६५औं पुलिसले पेनाल्टीको मौका पाएपछि भोलाले पुलिसका लागि एकगोल हाने ।

जित सँगै मनाङले चौथो पटक बुढासुब्बा गोल्डकपको उपाधि जित्यो । मनाङ अहिले ६ पटक सम्म बुढासुब्बाको फाइनलमा पुगेको छ ।

उपाधिसँगै मनाङले नगद १० लाख जितेको छ । उपविजेता पुलिसले नगद ५ लाख हातपार्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :