पोखरा म्याराथनको उपाधि योसाकेलाई

पोखरा । १४ औं संकरणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जापानी धावक ताकानाशी योसाकेले जितेका छन् । पोखरामा शनिबार सम्पन्न म्याराथनमा निर्धारित दुरी २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा पुरा गर्दै योसाकेले उपाधि जितेका हुन् । योसाकेले नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता नेपालका किरण सिंह बोगटीलाई पछि पारे ।

दोस्रो भएका किरणले निर्धारित दुरी २ घण्टा २७ मिनेटमा ०८ सेकेण्डमा पुरा गरे । यस्तै तेस्रो भएका अनिश थापाले २ घण्टा २९ मिनेटको समय निकाले ।उपाधिसँगै योसाकीले २ लाख नगद प्राप्त गरे । दोस्रो भएका किरणले १ लाख र तेस्रोले भएका अनिशले ७५ हजार प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :