पीभी सिन्धु वुमन अफ दि इयर


एजेन्सी ।
ब्याडमिन्टन खेलाडी पीभी सिन्धु बीबीसी इन्डियन स्पोर्ट्स वुमन अफ दि इयर बनेकी छन् । उनले सर्वाधिम मत प्राप्त गरिन् ।
बीबीसीले सार्वजनिक गरेको सुचना अनुसार उनले भोटको आधारमा अवाडए जितेकी हुन् । सिन्धुले बक्सिङकी मेरी कोमलाई पछि पारिन् । यस्तै सिन्धु र कोम सँगै धाविका दुटी चन्द, ब्याडमिन्टनकी मनाशी जोशी र कुस्तिकी भिनेश भोगट पनि यो अवार्डको दौडमा थिए । सिन्धु ओलम्पिकमा रजत जित्ने पहिलो भारतिय ब्याडमिन्टन खेलाडी हुन् ।
२४ वर्षीय सिन्धुले सन् २०१९ मा स्विजरल्याण्डमा भएको विश्व ब्याडमिन्टन च्याम्पियनसिपमा समेत भारतका लागि महत्वपुर्ण स्वर्ण जितेकी थिईन । सिन्धु भारतका लागि सर्वाधिक सफल खेलाडी मध्धे एक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :