सुजनालाई उपाधि

काठमाण्डौं । गोल्डेनगेटकी सुजना लोहनीले हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगिताको उपाधि आइतबार जितेकी छन् । सात चरणको खेलमा सुजनाले ६.५ अंक जोडिन् ।
काठमाडौं जिल्ला बुद्धिचाल संघद्वारा आयोजित प्रतियोगितामा काठमाडौंकी सिन्डिरा जोशी ६ अंकसाथ दोश्रो तथा धनुषाकी स्नेहा यादव ५.५ अंकसाथ तेश्रो भए । काठमाडौंकी आभा पुडासैनी चौथो तथा मिसन युथ क्लबकी सन्तोषी विक पाँचौं स्थानमा रहे ।
शीर्ष पाँच स्थान हात पार्ने खेलाडीले क्रमशः २५ हजार, १५ हजार, ८ हजार, ६ हजार र ४ हजार नगद पुरस्कार हात पारे । विजेतालाई संघीय सांसद् एवं नेपाल ओलम्पिक अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । तीनदिने प्रतियोगितामा ३९ खेलाडी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :