झम्सिखेलको पहिलो जित

काठमाण्डौं ।
सहिद स्मारक बी डिभिजन लिग फुटबलमा झम्सिखेल युथ क्लब बिजयी भएको छ । बुधबार भएको खेलमा झम्सिखेलले श्री कुमारी क्लवलाई पराजित गर्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा झम्सिखेल २–० ले बिजयी भयो । यो झम्सिखेलको पहिलो जित हो । अघिल्ला तीन खेलमा झम्सिखेलले २ हार र एक बराबरी खेलेको थियो । झम्सिखेलको जितमा भुवन राई र मदन स्याङतानले एक एक गोल गरे ।

जितसँगै झम्सिखेलले ४ खेलमा ४ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :