रंगशाला लगायत खेल स्थल बन्द गर्न सरकारको निर्देशन

कोरोना महामारीले संसारलाई भयमा राखिरहेको बखतमा नेपाल सरकारले पनि बिहिबारबाट लागु हुने गरी खेलकुद रंगशाला, पौडी पोखरी लगायतका अन्य क्षेत्रहरु बन्द गर्न प्रस्ताव गरेको छ ।
विश्वभरि नै कोरोना भाईरस अर्थात कोभिड १९ का कारण मानिसहरुले तिव्र रुपमा ज्यान गुमाईरहेको तथ्यांक बाहिर आईरहँदा नेपाल सरकारले भिडभाड हुने स्थलहरु बैशाख १८ गते सम्म बन्द गर्न प्रस्ताव गरेको हो । जनताको स्वास्थ्य सुरक्षालाई मध्यजनर गर्दै कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकोे बुधबार बसेको बैठकले यस्तो प्रस्ताव गरेको हो ।


समितिले कुनै पनि सार्वजनिक स्थलमा २५ जना भन्दा धेरै जम्मा नहुने गरी नियम लागू गर्ने भएको छ । यस अघिनै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि एक हप्तासम्मका लागी आफ्ना मातहतका सम्पूर्ण खेलकुद गतिविधिहरु स्थगित गरिसकेको छ ।
कोरोना भाईरसका कारण अहिलेसम्म ८ हजार भन्दा बढीले ज्यान गुमाईसकेको छ । विश्वमा २ दुई लाख ४ हजार ३७ जना संक्रमित मध्ये ८२ हजार ८ सय ६६ जना संक्रमित स्वास्थ्य उपचार पश्चात निको भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यस्तै यसको महामारी फैलने क्रमले तिव्रता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :