एजेन्सी । वार्यन म्युनिखका स्ट्राइकर रोवर्ट लेवान्डोव्स्कीले कोरोना भाइरस पीडीतका लागि १ मिलियन युरो सहयोग गरेका छन् । लेवान्डोव्स्की र उनकी श्रीमती अन्ना यो समाजिक कार्यमा सरिक छन् । उनीहरुले खेलाडी जेसुवा किमिच र लियोन गोत्र्जेले स्थापना गरेको फंट मार्फत यो सहयोग गरेका हुन् । यो सहयोग युरोपका बिभिन्न सहरका कोरोना पीडितका लागि खर्च हुनेछ । उक्त फंटमा लेराँयु सानेले पनि ठुलो आर्थीक सहयोग गरेको जनाईएको छ ।
‘कोरोना भाइरसको कारण विश्व पीडामा छ । त्यसैले सहयोगको खाँचो छ । हामी यही बेला सहयोग गर्न सक्छौँ । यसले सबैलाई एकजुट हुन मद्धत पनि मिल्नेछ ’ लेवान्डोव्स्कीले भने ।
‘जोसुकैले जुनसुकै अबस्थामा रहेर पनि सानो ठुलो सहयोग गरेर मानवता देखाउन सक्छ’ किमिचले भने ।
सबै खेलाडीहरुको सहयोगमा स्थापना गरिएको फंटले पीडितलाई सहयोग पुग्ने उनको विश्वास छ ।
कोरोना भाइरसको कारण युरोप तहसनहस भएपछि खेलाडीहरुले आर्थीक सहयोग गर्नेक्रम जारी छ । एक साता अघि स्विडेनका ज्लाटन इब्राहिमोभिकले पनि लाखौँ सहयोग गरेका थिए ।
कोरोना संक्रमणका कारण युरोपमा फुटबल गतिविधि ठप्प छ ।