काठमाण्डौ । निम्न आर्थिक अवस्थाका राष्ट्रिय कुङफु खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण गरिएको छ । पूर्व कुङफु खेलाडी तथा हाल प्रशिक्षकको भूमिकामा रहेका सुकमान लामाको सक्रियतामा तामाङलाई दुई कोठाको घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।
जर्मन नागरिक कोरिन्ना भास, डेनियल हान्के र मिचि मुन्वर्ग को सहयोगमा सुमकानले रुपेशका लागी घर निर्माण गरि दिएका हुन् । घर निर्माण सम्पन गर्न करिब ६ लाख रुपिया लागेको थियो । भास र डेनियल हिमाल आरोहणका लागी नेपाल आएको समयमा घर निर्माण गरिएको हो । घर निर्माणका मुख्य सहयोगकर्ता मुन्वर्ग नेपालस्गित ट्राभल फर सोल र होफ फर नेपाल नामक संस्थामा आबद्ध छन् ।
सुकमानले रुपेशको आर्थिक अवस्था कमजोर रहेको बारे जानकारी गराएपछि मुन्वर्गले घर बनाईदिने बताएका थिए । मुन्वर्गकै अनुरोधमा भास र डानियलले पनि रुपेशलाई सहयोग गरेका थिए । १८ वर्षीय रुपेश उदयीमान कुङ्फु खेलाडी हुन् । रुपेश हाल बुढानिलकण्ठस्थित श्री बुढानीलकण्ठ माविमा कक्षा १० मा अध्ययनतर छन् ।