टोक्यो ओलम्पिक २०२० जुलाईमा नुहुने निश्चित !

जापानमा आयोजना हुने टोक्यो ओलम्पिक सर्ने निश्चत रहेको अन्तरााष्ट्रिय ओलम्पिक कमिटीका महत्वपूर्ण सदस्य डिक पाउण्डले बताएका छन् ।
डिकले टोक्यो ओलम्पिक आयोजनाको समय एक वर्ष पर धकेलिन सक्ने बताएका हुन् ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटीले पनि सोमबार आधिकारिक धारणा सार्वजनिक गर्दै भनेको छ,‘चार सातामा टोक्यो ओलम्पिकको बारेमा आधिकारिक निर्णय गर्नेछौ ।’ तर पाउण्डले जुलाईमा शुरु हुने भनिएको टोकयो ओलम्पिकको भविष्यको बारेमा निर्णय चाँडै आउने बताएका छन् ।
बेलायत,क्यानडा र अष्ट्रेलियाले कोरोना भाईरसको सन्त्रासका कारण ओलम्पिकमा सहभागिता नजाउने आधिकारिक धारणा राखे लगतै आईओसीले ओलम्पिक आयोजनाको विषयमा पुनः विचार गर्ने धारणा सार्वजनिक गरेको थियो ।


पाउण्डले पूर्व घोषित मिति जुलाई २४ मा ओलम्पिक नहुने निश्चित रहेको बताएका छन् ।
अन्तराष्ट्रिय एथ्लेटिक्स संघका अध्यक्ष लर्ड कोइले पनि वर्तमान अवस्थामा ओलम्पिक गर्न असम्भव रहेकोले स्थगित गर्नुको अन्य कसनै विकल्प नदेखिएको धारणा सार्वजनिक गरिसकेका छन् ।
यसबाहेक विश्व खेलकुदका विभिन्न हस्तीहरुले पनि टोकयो ओलम्पिकको निर्धारित मिति सार्नु पर्ने कुरा अघि ल्याएका छन् । यसो नभए खेलाडीहरुले ओलम्पिक बहिस्कार गर्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :