आर्चरी संघको साधारणसभा स्थगित

काठमाडौ । चैत्र अन्तिम साताका लागि तय भएको नेपाल आर्चरी संघको साधारणसभा स्थगित भएको छ । कोरोना भाइरसको जोखिमसँगै आर्चरी संघले साधारणसभा बैसाख दोस्रो साता सम्मका लागि स्थगित गरेपछि नयाँ नेतृत्व चयनको प्रकृया पनि रोकिएको छ ।

आर्चरी संघले चैत्र २९ गतेका लागि साधारणसभा र नयाँ निर्वाचनको मिति तय गरेको थियो ।

कोरोना भाइरसका कारण तत्कालका लागि हुने सबै खेलकुद गतिविधि रोकिए पनि आर्चरी संघले साधारणसभाको बारेमा आज मात्र नयाँ निर्णय गरेको हो । नेपाल पछिल्लो समय कोरोनाको उच्च जोखिममा देखिएको छ । अहिले सम्म देशभर ६ जना कोरोना संक्रमित देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :