विश्व किर्तिमानी धावक बोल्टको कोरोना अभियान

एजेन्सी । विश्वलाई चिन उद्गम स्थल बनेर फैलिएको कोरोना भाइरसको महामारीले आक्रान्त बनाईरहेको छ । यसका कारण अहिलेसम्म १ लाख ३४ हजार भन्दा बढी मानिसको ज्यान गईसकेको छ ।
कोरोनाबिरुद्ध लड्ने अभियानमा संसारका धेरै खेलाडीहरुले आअ ाफ्नो तवरले अभियानसँगै सन्देश मार्फत जागरुक गराईरहेका छन् । यसैबिचमा विश्व चर्चित केन्याली धावक युसेन बोल्टले कोरोनाको संक्रमणबाट बच्न सामाजिक दुरी कायम गर्नु नै थप मृतकको संख्या कम गर्ने एक मात्र उपाय रहेको बताएका छन् ।
उनले कोभिड १९ को जालोबाट बच्न सामाजिक दूरी कायम राख्न आम जनमान समक्ष अपिल गरेका छन् ।
३३ वर्षिय बोल्टले आफ्नो पुरानो तस्बिर सामाजिक सञ्जालमा राख्दै सामाजिक दूरी कायम गर्न सबैलाई आग्रह गरेका छन् ।
उनले राखेको तस्विर २००८ बेइजिङ ओलम्पिकको १०० मिटर फाइनल जितेको क्षणको हो । उनले सो दौड ९.६९ सेकेन्डमा यो दौड पूरा गरे र विश्व रेकर्ड स्थापित गरेका थिए ।
बोल्टले आफ्नो तस्विर प्रयोग गरी यो अवस्थाको सामना गर्न सबैले कसरी पर्याप्त दूरी बनाउनु पर्छ भनेर देखाउन प्रयोग गरेका हुन् । उनले क्याप्सनमा लेखेका छन्,‘सामाजिक दूरी’ ।
उनले इस्टरमा आफ्ना प्रशंसकहरूलाई शुभकामना पनि दिए । ११ पटकका विश्व च्याम्पियन र ८ पटकको ओलम्पिक स्वर्ण पदक विजेता बोल्टले १०० मिटर, २०० मीटर र ४ बाई १०० मिटर रिलेमा विश्व कीर्तिमान बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :