जुडो संघको साधारणसभा स्थगित

काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) को जोखिमसंगै नेपाल जुडो संघले साधारणसभा स्थगित गरेको छ । यसैसाता हुनेभनिएको साधारणसभा बिहिबार एक विज्ञप्ति निकाल्दै संघले स्थगित भएको जानकारी गराएको हो । पूर्वनिर्धारीत तालिका अनुसार साधारण-सभा बैशाख ६ गतेकालागि तय थियो भने साधारणसभा मार्फत नयाँ नेतृत्व चयन हुनेवाला थियो ।

सरकार तथा राष्ट्रिय खेकुद परिषद ( राखेप) को निर्देशन (सभा, सम्मेलन, गोष्ठी लगायतका कुनैपनि कार्यक्रम नगर्नु) अनुसार सधारणसभा रोकिएको संघका अध्यक्ष दिपकहर्ष बज्राचार्यले जनाए । कोरोनाको संक्रमण रोकिएपछि साधारणसभाको नयाँ मिति सार्वजनिक हुने उनले बताए ।

पछिल्लो समय कोरोनाको जोखिम देखिएपछि नेपालभर खेलकुद गतिविधि ठप्प छन् । देशभर १६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।