नबिता भन्छिन्, ‘क्षमता अनुसार अवसर भएन’

काठमाण्डौ । नेपाली राष्ट्रिय टेबल टेनिस खेलाडी नबिता श्रेष्ठले क्षमता अनुसार खेलाडीले अवसर नपाएको गुनासो गरेकी छिन् । नेपालमा धेरै सम्भावना भएका टेबल टेनिस खेलाडी भएको तर क्षमता अनुसारको अवसर पाउन नसकेको उनले बताइन् ।

मेरो खेल डटकमको फेसबुक लाईभमा बोल्दै नबिताले फुटबल र क्रिकेट जस्तो खेलको तुलनमा टेबल टेनिसका खेलाडीकालाई सेवा सुविधा धेरै कम भएको बताइन् । खेल क्षेत्रमा सम्बन्धित निकायको ध्यान आवश्यक मात्रामा जान नसक्दा प्राय खेलाडीहरु विभागीय क्लबमा आश्रित हुनुपरेको उनको भनाई छ ।

नबिता भन्छिन्,‘मलाई त टेबलटेनिसको प्यासन छ र म टिक्दैछु । तर हाम्रो जस्तो देशमा खेलाडीलाई कसरी खेल प्रति आकर्षित गर्ने भन्ने योजना नभएको देख्दा दुख लाग्छ ।’

कक्षा ४ मा छदाँ तेक्वान्दो सिक्न गएकी नबितालाई तेक्वान्दोले भने तान्न सकेन । खेल प्रति औधीं रुची भएपनि किन हो किन तेक्वान्दोले डोजाङ्गसम्म लामो समयसम्म डोहोर्याउन नसकेको र पछि कक्षा ८ मा पुगेपछि टेबलटेनिस शुरु गरिन् नबिताले ।

टेबलटेनिसले अहलिे नबितालाई खेल क्षेत्रमा एउटा चर्चित नाम त बनाएको छ फेरी अहिले आएर केही खल्लो खल्लो नबनाएको पनि होईन उनलाई । ८ पटक नेपाल नम्बर एक उपाधि जितेकी नबितालाई उज्जवल भविष्यतर्फको यात्रा गर्ने बाटो भने खन्न पर्ने चाँहि देख्छिन् । आउने पुस्ता जो टेबलटेनिस खेल्न चाहन्छन्,उनीहरुलाई यो खेल प्रति रुची जगाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने नबिताको सोच छ ।

टेबल टेनिसमा लागेर खेलाडी जिवन भनेको के हो भन्ने यथार्थ भोगाई चाँहि किने अवसर पाए । जित्ने आफ्नै लागि हो अरुको लागि होईन,तसर्थ जिवन कसरी सुन्दर बनाउने भन्ने कला खेलको माध्यमबाट मैले सिक्ने मौका पनि पाएको छु’,उनले भनिन् ।

देश अनुसारको भेश भन्ने गरिन्छ,सायद राज्यले पनि चााहेर खेलाडीलाई आश गरेका जति गर्न नसकेको होला’,उनी थप्छिन्,‘भविष्य छैन भनेर भन्नु गलत हुन्छ,बिस्तारै हुँदैछ र एक दिन सबै सोचे अनुरुपको हुन्छ भन्नेमा म विश्वस्त छु र आफ्नो खेल्ने ईच्छा लिएर आउनुस् यसमा रमाउनु हुन्छ ।’

‘हाम्रोमा मात्र होईन विकसित मुलुकमा पनि खेलाडी खुशी भएको सुन्दिन म,जति भएपनि नपुग्ने बानिबाट माथि उठ्न सिक्नुपर्छ सबै सकारात्मक देखिन्छ । म त भन्छु केही पाउनु मात्रै ठूलो कुरा होईन,गर्दै जानुस् मिहिनेतको फल अवश्य मिल्छ । नेपाली खेलकुदको भविष्य निके उज्जवल छ र हामी मिलेर यसलाई अझै माथि लिएर जानुको विकल्प छैन ।’


एक जना मेरोखेल डटकमको लाईभ हेर्ने दर्शकले,नेपालमा खेलेरै बाच्न कत्तिको सहज छ ? नबिताले जवाफमा भनिन्,‘नेपालमा अझै पनि खेल सरकारको प्राथमिकताको विषय बन्न सकेको छैन,त्यसकारण नेपालमा खेलाडीहरुले खेलेरै सुखदायी जीवन यापन गर्नु भन्न सक्ने अवस्था छैन ।’

‘सरकाले खेलाडीलाई खेल जीवनपछि वेवास्ता गर्छ, खेल्यो खेल्यो अन्तिममा केही बाँकि हुँदैन,त्यसैले खेल्न छोडेपछि पनि खेलाडीको रेखदेखमा ध्यान दिनुपर्छ ।’

टेबलटेनिस खेलको विकासका लागि विद्यालय लेबलबाटै धेरै भन्दा धेरै अभ्यासको व्यवस्था गर्दै लैजानुपर्ने उनले बताइन् । उनले भविष्यमा टेवल टेनिसको एकेडेमि सञ्चालनमा ल्याउने योजना सुनाईन् ।

लकडाउनले अल्छी बनाईसक्यो अरे नबितालाई । कहिले लैनचोरमा रहेको ईन्डोर जान पाउँ जस्तो भईसक्यो’,उनी भन्छिन्,‘जे जस्तो भएपनि अब टेबलटेनिस छोड्न सक्दिन,जहिलेसम्म खेल्छु नेपालको नम्बर वान भएर खेल्ने रहर छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :