अल्ट्रा धाविका मीराको कथा

लक्ष्मी शाक्य

काठमाण्डौ । देश झण्डै १० बर्षको गृहयुद्धको चपेटामा थियो । तत्कालीन विद्रोही भनिएको माओवादी र सरकारपक्ष युद्धमा थिए । त्यही युद्धले धेरैको पीडा बोकेको छ, तर मीरा राईको भने पीडासंगै कथा बोक्छ, युद्धले ।

‘अहिले युद्ध गरौ, पछि पढौंला’ अहिले पनि तत्कालिन समय स्मरण गर्दा मीराले सम्झने यही हो ।

मीरा माओवादी छापामार थिईन् । माओवादीमा बन्दुक बोक्न पुगेकी मीरा, जिन्दगी मरण र जीवनको दोसाँझमा राख्दा राख्दै अयोग्य सावित भईन् ।शान्ती सम्झौतासंगै सेना समायोजनमा उनको नाम अटाएन । सिन्धुली शिविरबाट उनको जिन्दगीको यात्रा अघि बढेन ।

समायोजनले सेनामा जागिर खाने सपना टुट्यो, मन टुटेन ।

घर परिवार र केही साथीहरु मीरालाई छापामारको रुपमा चिन्थे । कसलाई थाहा थियो र त्यो बेला मीराको बारेमा ! जव मीराको जिन्दगीले सफलताको दोस्रो रेखा कोर्यो,मीरालाई नचिन्ने कोही भएन मीरालाई नबुझ्ने कोही भएन ।

मीराको छापामार कथा पनि उनको अर्को सफलताको कहानीसंग जोडिन पुग्यो ।

अयोग्य भएर बाहिर निस्केपछि उनले सबैभन्दा पहिला एसएलसी दिइन । पढाईसंगै आत्मविश्वास बटुलिन् । जिन्दगीको नयाँ अध्याय कोर्ने जमर्को गरिन् । नयाँ कथाको खोजिमा लागिन् । र अन्नतः अयोग्यको ट्याग बोकेकी मीरा विश्व च्याम्पियन बनिन् र सुरुभयो उनको जीवनको नयाँ कथा ।

एडभेन्चर अफ दि इयर (शाहसिक वर्ष व्यक्ति) नेपाली धाविका मीरो मानार्थ बिद्यावारिधीको क्षमतामा पुगिन् । जीवनको कथा कक्षा ६ बाट सुरु गरेकी मीरा पढ्दै गर्दा माओवादी लडाकु बनिन् । छापामार जीवनले नयाँ मोड दियो । सेना बन्न योग्यता पगेन । तर खेलकुदको सेना बन्ने लक्षमा उनी सफल भइन् । अल्ट्रा रेसमा विश्व च्याम्पियन बनिन् ।

उनको जीवनको कथाको रमाईलो पक्ष के हो भने , मीरा माओवादी लडाकु हुँदा उनका सेना कमाण्डर थिए, नन्दबहादुर पुन पासाड । पुन नेपालको उपराष्ट्रपति छन् । नेतृत्वका लागि पुन योग्य थिए र उनको योग्यता अनुसारको पद पाए । मीराको योग्यता त्यो भन्दा माथि सावित भयो, उनी अहिले मुलुककी संघर्षशील महिलाको रुपमा राष्ट्रपतीलाई पनि चुनौती दिने अवस्थामा छिन् ।

अर्थात विश्वले मीरालाई खेलकुदमा राष्ट्रपति (महिला, विद्यादेवी भण्डारी) भन्दा माथिल्लो तुलनाले हेर्छ ।

१४ वर्षकी मीरा माओवादीमा प्रवेश गरिन् । त्यसको दुई वर्षपछि पूर्णकालीन कार्यकर्ता बनिन् । पहाडी जिल्ला भोजपुरस्थित सानो दुम्मामा जन्मिएकी मीरालाई कहिलै लागेन, भविष्यमा अट्रा म्याराथन खेलेर चिनिनेछु। सामान्य परिवारमा हुर्किकी मीराले एसएलसी सम्म जसोतसो पास परिन् । पारिवारिक समस्याकै कारण त्यसपछिको पढाईलाई निरन्तरता दिन सकिनन् ।

शिविरमा अयोग्यको ट्याग लागेपछि घर फर्कन मन लागेन उनले भनिन्, ‘त्यो शिविरबाटै मैले खेल सिक्ने अवसर पाएँ । माओवादिमा हुदाको त्यो पललाई सौभाग्यको रुपमा लिन्छु, नबाहिरिएको भए अहिले विश्वमा चर्चित अल्ट्रा धाविका ‘मिरा राईको रुपमा चितिने थिईन,’ म ती दिनहरुलाई सकारात्मक रुपमा सम्झन्छु । त्यसैको उपज हो , म विश्वमै अल्ट्रा रनरको दास्रो स्थानमा रहन सफल छु ।’ उनले भनिन् ।

सन् २०१४ देखी अल्ट्रा रनरको रुपमा खेल्न थालेकी मीराले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा निकै सफलता पाएकी छिन् । यसकालागी उनका गुरु धुर्ब बिक्रम मल्लको सहयोग उल्लेखनिय छ । मल्लले खेलकुद क्षेत्रमा राम्रो गर्न सकिन्छ तिमि खेल तिमिले राम्रो गर्न सक्छौँ भन्ने हौसला दिएका थिए । उनकै सहयोगमा पहिलो पटक सन् २०१५ मा फ्रान्समा भएको महिला म्याराथनमा मीराले मेडल हात पारिन् । यो उनको पहिलो अन्तराष्ट्रिय मेडल थियो । त्यस्तै सन् २०१५ मै हङकङमा भएको स्काई रनिङ एसियन च्याम्पियनमा पनि मीरा च्याम्पियन भएकी थिईन् भने सन् २०१७ मा बेलायतमा भएको बेन नेभिन अल्ट्रा दौडमा च्याम्पियन बनेकी थिईन् ।

मिरालाई लाग्छ नेपालमा खेलकुदको उच्च सम्भावना छ । भौतिक संरचनाले साथ दिदादिदै पनि यसको विकासको लागी कुनै पहल नहुदा उनी निराश छिन् । आगामी दिनमा नेपालमा यो खेलको विकासको लागी सरकारले धेरै भन्दा धेरै दौड प्रतियोगिता संचालनमा ल्याउने, सोहि अनुसार खेलाडीलाई सेवा सुविधाको व्यवस्था गर्न सक्ने उनको विश्वास छ ।

निरन्तर मेहनत गर्ने खेलाडीको भविष्य राम्रो भएको र यसका लागी आगामी दिनमा आफुले सक्दो सहयोग गर्ने योजाना उनको छ । अहिले पनि गाउँका भाइबहीनीहरुलाई अल्ट्रा म्याराथनको ट्रेनिङ दिने मीरा विभिन्न प्रतियोगिताहरुमा सहभागीता गराउने काममा आफुले सक्दो सहयोग गर्दै आएको बताउँछिन् ।
नेपालमा जुनसुकै खेलमा पनि महिला सहभागिताको पक्ष कमजोर छ । त्यसैले उनले महिलालाई म्याराथनमा प्राथमिक्तामा राख्छिन् ।

‘खेल्नकै लागि धेरै योजना थिए, नेपाल देखि युरोप सम्मका योजना कोरोना भाइरस (कोभिड–१९) ले प्रभावित बनायो । मेरो युरोपको यात्रा तत्कालको लागी स्थगित भयो ।’ मिराले मेरो खेलको फेसबुक लाइभमा बताईन् ।

🔴LIVE – MIRA RAI (ULTRA MARATHON RUNNER ) मेरोखेल डटकमको लकडाउन विशेष फेसबुक लाईभको तेर्हौ दिनको दोश्रो सत्रमा अहिले अल्ट्रा म्याराथन मिरा राईको उपस्थिती छ । यो फेसबुक लाईभ सत्र तपाई मेरोखेल डटकमको आधिकरिक पेजमा हेर्दै हुनुहुन्छ । तपाई पनि फेसबुक लाईभमा आफ्नो प्रश्न,जिज्ञासा तथा सल्लाह सुझाव अनुशासन सहितको सहभागिता जनाउन सक्नुहुनेछ ।

Posted by Merokhel.com on Sunday, April 19, 2020

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :