१९९९ को त्यो ‘स्वर्ण पदक’

लक्ष्मी शाक्य

काठमाण्डौ । पुरुषप्रधान नेपाली समाज, त्यसमाथि भौगोलिक बिकटता अनि पारिवारिक असहयोगका बीच पनि नेपाली खेलकुदमा निखारीएको नाम हो देवीका खड्का ।

उनका सुरुका दिन निकै चुनौतीपूर्ण थिए । परिवारले खेल्न भनेपछि समय दिदैनथ्यो । आफ्नै आमाको समेत सहमती थिएन खेल्नलाई । तर १३ औँ दक्षिण यशियाली खेलकुद (साग) मा महिलातर्फ जुडोबाट नेपाललाई स्वर्ण पदक दिलाएपछि उनको परिचय फेरिएको छ ।

उनका काका हरी श्रेष्ठ नेपाली राष्ट्रिय जुडो खेलाडी साथै प्रशिक्षक पनि भएकोले गर्दा देवीकालाई जुडोमा राम्रो अवसर मिल्यो । उनले सिक्ने देखि आत्मबल बटुल्ने सम्मको अवसर पाईन् ।

१३ औँ सागमा ललितपुरस्थित लगनखेलमा भएको महिला ५२ केजीतौल समूह मुनिको जुडोको प्रतिस्पर्धामा उनलाई स्वर्ण मिल्यो । खड्काले भारतीय खेलाडी गायत्री तोकासलाई हराउदै नेपालका लागी स्वर्ण दिलाएकी थिइन् ।

‘काकासँगै खेल्न सिके’, उनले भनिन्, छोरी बिग्रन्छे भन्ने गलत धारणाले गर्दा परिवार जुडो खेल्न नदिने पक्षमा थियो , तर कसोकसो गरेर खेलेरै छाडेँ ।’
सागमा स्वर्ण जितेर देशको नाम राखेपछि अहिले उनको परिवार पनि पूर्ण समर्थनमा छ ।

उनी सानै छदाँको क्षण सम्झने हो भने, झापामा जुडो खेल्न सहज थिएन । सुरुका दिनमा बगरको बालुवा, ढुङ्गा, माटो र गोबरको थुप्रोहरु पन्छाएर जुडो खेलेको उनको सम्झना छ । म्याट र गीमा खेल्ने मौका त उनले पाएकै थिईनन् । जसरी हुन्छ संघर्षगर्दै जाँदा जुडोमा स्वर्ण हात पारेको र सपना पुरागर्न सकेको उनले सुनाईन् । झापामा अहिले जुडो खेलाडीहरुले देवीकाको जस्तो संघर्ष गर्नुपर्ने अवस्था छैन । झापामा जुडो विद्यालयनै स्थापना भईसकेको छ । जुन विद्यालयको स्थापना उनकै काका हरी श्रेष्ठको पहलमा भएको थियो ।

देवीकाको महत्वपुर्ण उपाधि
सन् १९९९ मा काठमाण्डौँमा भएको स्कुलस्तरीय प्रतियोगितामा विजेता भई राजा वीरेन्द्र शाहकी छोरी श्रुती शाहको हातबाट गोल्डमेडल लिदाँको त्यो पल उनलाई आजै जस्तो लाग्छ ।

‘खेल खेल्ने र च्याम्पियन बन्ने क्रममा धेरै पुरस्कार पाए, मलाई सबैभन्दा महत्वपूर्ण पुरस्कार चाहिँ श्रुती शाहको हातबाट थापिएको गोल्ड मेडल नै लाग्छ ,’ उनले भनिन् ।

त्यो बीचमा उनी धेरै विद्यालयस्तरको प्रतियोगितामा च्याम्पियन बनिन् । धेरै उपाधि बटुलिन् । तर अझै पनि उनको मानसपटलमा याद आउने उपाधि त्यही १९९९ को उपाधि हो । उनले पुरस्कार पाएर झापामा जुडोको लागि योगदान पनि धेरै गरेकी छिन् । उनी भन्छिन् ‘मैले नै विद्यालयस्तरीय प्रतियोगिता जितेर झापामा म्याट भित्र्याएकी थिए ।’ जमिन र माटोमा खेल्दा खेल्दा धेरै उपाधि जितेकी उनले झापाका नयाँ पुस्ताका खेलाडीलाई लक्षित गरेर म्याट भित्र्याएपछि त्यस क्षेत्रमा जुडोले अझै महत्व पाएको थियो ।

देविकाले वि.स.२०६२ सालमा काठमाण्डौमा भएको छैठौं राष्ट्रिय जुडो प्रतियोगितामा रजत पदक, २०६४ सालमा गृह जिल्लामै भएको नवौँ जुडोमा रजत, दशौंमा कांस्य पदक जितिन् । खेल कौशलकै कारण २०६५ सालमा पूर्वाञ्चलबाट स्वर्ण जित्दै पाचौँ राष्ट्रिय खेलकुदमा समेत सहभागी हुने अवसर पाईन् । उक्त प्रतियोगितामा रजत भन्दा माथि जान सकिनन् तर यी प्रतियोगिता उनका लागि अझै सम्झना योग्य छन् ।

त्यसपछि विभागीय क्लब सशत्र प्रहरीको एपिएफबाट घरेलु तथा अन्तराष्ट्रिय प्रतियोगिता खेल्न थालेकी देविकाले एपिएफबाट खेल्दै छैठौं राष्ट्रिय खेलकुदमा पनि रजत पदक जितेकी थिईन् । गृहजिल्ला झापामा भएको सातौँ राष्टिय खेलकुदमा स्वर्ण पदक जित्ने उनको सपना भने पुरा हुन सकेन ।

सन् २०१४ मा कोरियामा भएको इन्चोनल एसियाडमा जापानका खेलाडीसँग आफुले प्रतिस्पर्धा गर्नु परेको र आफुले साचेजस्तो नजिता हात नपर्दाको क्षण देविकाको लागी निकै दुःखदायी पल हो ।

सागमा स्वर्ण
१३ औँ साग गेममा उनले स्वर्ण हात पारिन् । सागको पदक तालिकाको शिर्ष स्थानमा रहेको बलियो भारतिय खेलाडी बिरुद्ध उनले जित निकालेकी थिईन् । ५२ केजीतौल समूहमा भारतिय खेलाडी गायत्री तोकास उनीसंग पराजित भइन् ।

‘मैले आफुनै सम्हाल्न सकिन, जब स्वर्ण हात लाग्यो, खुसीका आसुँ झरे । उनले त्यतिबेला रोएको पनि चाल पाईनन् । आँसुले अविर पुछेको रहेछ । केही दिन पछि उपाधि उचाल्दाको भिडियो हेरीन, तव थाहा भयो, आँसु थामिएन छ ।

आमागी दिनमा पनि जुडोलाई अझ प्राथमिक्ता दिने उनको योजना छ । ‘सकेसम्म अझै अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँछु, खेल्छु, सकिन भने एपिएफमै राम्रो जुडो प्रशिक्षक बन्नतर्फ लाग्छु’ , देवीकाले थपिन् ।