बाबु छोरीले साटेको खुसी

मञ्जिल पुडासैनी

काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा करातेकी सुनिता महर्जनले स्वर्ण जितिन् । स्वर्णको खुसी उनले आफ्ना परिवारसँग मनाईन् । स्वर्ण जित्नासाथ उनले बुबाको अंगालोमा बाँधिने अवसर पाईन् र धेरैबेर सम्म रोईन् । उनलाई थाहा थिएन त्यो खुसीको सिमा कति हो । न उनका बाबुलाई थाहा थियो । त्यो माहौल त केवल स्वर्णले मिलाएको थियो । स्वर्ण नजितेको भए न त्यो माहौल बन्थ्यो, न सुनिता रुन्थिन् ।

सुनिता त रुदी हुन् सायद, तर घर पुगेर, एकान्तमा अथवा कसैले नदेख्नेगरी, बाबुको लगानीको प्रतिफल दिन नसकेकोमा खिन्न हुँदै ।

सुनिताले स्वर्ण जितिन्, बाबु टुप्लुक्क पुगे । एउटी छोरीलाई त्यो भन्दा धेरै के चाहिन्छ र ? उनी धक फुकाएर रोईदिइन् । उनका आँसुले बाबुलाई धन्यवाद भनिरहेका थिए ।

सुनिताले फाइनल जितिन् । ६७ किलो तौल समुहमा पाकिस्तानकी कुल्सुमलाई ८–२ ले हराईन् । जितको खुसी साट्न त्यतिबेला सम्म उनको आसपास कोही थिएन । उनको मनमा केही कुरा आएको पनि थिएन, थियो त केवल स्वर्णको खुसी मात्र ।

फाइनल सकिनसाथ उनी तल झरिन् । नजिकै बुबा र दाजुहरु देखिन् । मनमा भक्कानो फुट्यो । कुदेर गईन् र बाबुको अंगालोमा जोडले बेरिईन् । नजिकै रहेका दाजुहरुको आँखामा पनि त्यो बेला आँशु देखियो । उनीहरुले धेरैबेर खुसी मनाए ।

बाबुछोरीले खुसी साटेको तस्विर फोटो पत्रकार सुनिता डंगोलले लिने मौका पाईन् । डंगोलसँग धेरै दुखद घटना देखि खुसीको माहौलको फोटो खिचेको अनुवभ छ तर त्यो माहौलमा क्यामेरा चलाएको उनी कहिल्यै बिर्सन्नन् । उनले खिचेको फोटोले साग भर मात्र हैन अझै सम्म पनि चर्चा कमाउँदैछ ।

फोटो खिच्ने डंगोललाई माहौल राम्रोसँग थाहा छ, उनको आँखामा त्यो दिन झलझली आउँछ ।

डंगोलले आफू कार्यरत संस्थाबाट सागभर बिभिन्न प्रतियोगिताको फोटो खिच्ने जिम्मा पाएकी थिईन् । उनी त्योदिन अन्यत्र कतै व्यस्त थिईन् । उनलाई खबर आयो, ‘सातदोबाटोको कराते हलमा करातेको फाइनल हुदैछ, नेपालको स्वर्ण लगभग पक्का छ ।’ त्यसपछि डंगोलले सहयोगी भाइलाई आग्रह गर्ने सोचिन् र फोन घुमाईन् । तर उनी उपलल्व्ध हुन सकेनन् । डंगोल आफैँ हतारहतार सातदोबाटो लागिन् ।

उनी सातदोबाटो पुगिन् , केही नसोचि फोटो खिच्न खेल स्थलतर्फ अघि बढिन् ।

बाहिर एउटा माहौल देखियो ।

खेलतर्फ भन्दा त्यही माहौललाई कैद गर्ने उनको सोच आयो ।

‘म हतार हतार फोटो खिच्न जाँदैगर्दा बाहिर केही खेलाडीलाई देखेँ’, डंगोल भन्छिन्, ‘खेलाडी महर्जन भर्खर तल झरेकी रहिछन्, मैले क्यामेरा उनमा फोकस गर्ने निर्णय गरेँ ।’

कराते सकेर तल झरेकी महर्जनले दाजुलाई भेटिन् । दुबै दंग थिए । भेट्ना साथ नेवारीमा सोधिन्, ……. बा आउनु भएन ?’ दाईले नेवारीमै उत्तर दिए, ……… र बा भएको तिर इशारा गरे । उनले परैबाट बुबालाई देखेर आफ्नो भावना सम्हाल्न सकिनन् र बुवाको अगाँलोमा गएर पोखिन् आफ्नो जितको खुशी । सायद बुवाले छोरीको त्यस दिनको आँशुमा सफलता देखे र साथ दिए खुशी साटासाटमा ।

केहीबेर उनीहरुले नेवारीमा कुरा गरेजस्तो सुनियो । डंगोलले त्यो माहोललाई क्यामेरामा कैद गरिन् । उनको क्यामेरामा मात्र त्यो माहौल कैद भएन, आँखामा झलझली बसिरहयो । डंगोलको मस्तिष्कमा त्यो क्षण अझै ताजा छ । डंगोल भन्छिन्, ‘मैले धेरै फोटो खिचे, तर त्यस्तो खुसी साटेको दृष्य कहिलै भेटिन ।’

डंगोलले त्यो क्षणलाई क्यामेराको लेन्स् मार्फत झन बढी जिवन थपिन् । उनी भन्छिन् तयो क्षण साच्चै जितको प्रतिक थियो । कराँते र महिलाले जितेको रुपमा मात्र लिन सक्किन त्यो क्षणलाई । सारा बुवा आमाको जितको क्षण सायद त्यस्तै हुन्छ । फोटोले त्यो वर्णन गर्छ ।

त्यो क्षणको बारेमा उनले वर्णन गरिन्,’बुबा भएको ठाउँमा पुगिन्, एक सेकेण्ड टक्क उभिईन् ,अङ्गालो हालीन र रोईन् ।

स्वर्णधारी सुनिता महर्जनका बुबा नाति महर्जन मालिको काम गर्छन् । उनले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला को परिवारमा धेरै बर्ष काम गरेका छन् । उनले त्यसरी नै दुख गरेर छोरीका लागि करातेको माहौल बनाएका थिए । बुबाले उनलाई पूर्व प्रधानमन्त्री कोइरालाको घर लगेका छन्, पर्याप्त खानेकुराको जोहो गरेका छन्, जे भन्यो त्यही पुर्याएका छन् तर उनका लागि बुबालाई दिने उपहार त्यही स्वर्ण थियो । त्यसैले पनि स्वर्णमा उनको तीखो नजर थियो ।

‘मनमा स्वर्ण जित्नुपर्छ भन्ने थियो तर जित्छु नै भन्ने चाहिँ थिएन’, ‘सुनिताले भनिन्, सागमा स्वर्ण जितेपछि अनौठो लागेको थियो, जब बुबा र दाजुहरु देखेँ त्यसपछि चाहिँ खुसीका आँशु थामिएका थिएनन् ।’

सुनितालाई नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकुदबाट आफूलाई सावित गर्ने इच्छा थियो । आठौँमा उनलाई धेरै आस पनि थियो । पदक जित्ने, शिर्ष स्थानमा रहँदै सागको छनोट खेल्ने उनको तिब्र इच्छा नेपालगञ्जमा खेल जारीरहदा पनि मरेको थिएन । ८ औ राष्ट्रिय खेलबाट उनलाई ठूलो आशा थियो । आठौँमा पनि पदक जित्ने भोक थियो । तर भनेजस्तो भएन, आठौँमा उनी खालि हात भईन् ।

उनलाई बाटोभरी खालीहात घर फर्कनुको पीडा महसुस भयो । त्यसपछि मिहिनेतमा उनको ध्यान गयो । निकै मिहिनेत गरेर उनले सागमा स्थान बनाईन् ।
८ औं राष्ट्रिय खेलबाट निराश भएकी सुनिताले १३ औ सागमा पदक जित्ने भोक मेटाउन पाईन ।

सागमा स्वर्ण जितेकी सुनिताले आफ्नो आँसु रोक्न सकिनन र अगाडि भएका बुवालाई अङ्गालो हाल्न पुगिन र धेरै बेर सम्म रोईन ।

‘त्यो नै जीवनको सबैभन्दा खुसीको क्षण थियो’, उनले भनिन्, ‘मैले बुवालाई अहिले सम्म त्यसरी अङ्गालो हालेको थिएन, पदक जितेपछि बुवालाई अगाडि देखें, आफुलाई रोक्नै सकिन ।’ उनले बुबालाई अंगालो हालेको चर्चा सागभर भईरहयो ।

सुनिताले लगभग १० वर्षको हुदा देखि कराते सुरु गरेकी थिईन । आफ्नो दाइले कराते खेलेको देखेर सुनितालाई इच्छा लागेको थियो ।
करातेमा यो सफलतासम्म आइपुग्नुको श्रेय उनी आफ्नो परिवारलाई दिन्छिन् ।

उनी भन्छिन, ‘मेरो जितको मुख्य श्रेय नै मेरो परिवारलाई जान्छ, मलाई परिवारको ठूलो साथ र सहयोग थियो’ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण आजभोलि घरमा समय बिताईरहेकी सुनिता कोरोनाको संक्रमण र लकडाउन हट्ने पर्खाईमा छिन् ।

मेरो खेलको लकडाउन विशेष फेसबुक लाईभमा बोल्दै उनले भनिन्, ‘घरमा सामान्य व्यायाम गर्दैछु, चाँडै संक्रमण हट्ने र सबैसँग अभ्यास गर्न पाउने पर्खाईमा छु ।’

(प्रयोग गरिएको फिचर तस्विर फोटो पत्रकार सुनिता डंगालले खिचेकी हुन् ।)

🔴LIVE – SUNITA MAHARJAN (NATIONAL PLAYER, KARATE) मेरोखेल डटकमको लकडाउन विशेष फेसबुक लाईभको उन्नाइसौं दिनको पहिलो सत्रमा अहिले करातेको राष्ट्रिय खेलाडी सुनिता महर्जनको उपस्थिती छ । यो फेसबुक लाईभ सत्र तपाई मेरोखेल डटकमको आधिकरिक पेजमा हेर्दै हुनुहुन्छ । तपाई पनि फेसबुक लाईभमा आफ्नो प्रश्न,जिज्ञासा तथा सल्लाह सुझाव अनुशासन सहितको सहभागिता जनाउन सक्नुहुनेछ ।

Posted by Merokhel.com on Saturday, April 25, 2020