सपना जस्तै कुसुमको विपना

मञ्जिल पुडासैनी

काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद (साग) मा करातेकी कुसुम खड्काले स्वर्ण पदक जितीन । ललितपुरको सातदोबाटोमा भएको फाइनल खेलमा उनको प्रतिद्वन्दी बाङ्लादेशकी मौन्जिरा बोरोना थिईन । कुसुमका लागि मौन्जिरा कुनै नयाँ प्रतिद्वन्दी थिइनन् । कुसुम र मौन्जिरा पहिला पनि आमनेसामने भएका थिए ।

सागको महिना दिन अघि बंगलादेशमा भएको एउटा प्रतियोगितामा पनि उनीहरु भिडेका थिए । बंगलादेशमा भएको उक्त जुनिएर क्यारेट दक्षिण एसियाली खेलकुद प्रतियोगिताको फाइनलमा कुसुमले मौन्जिरा प्रतिद्धन्दी पाएकी थिइन् । उक्त खेलमा कुसुम बिजयी भएकी थिईन् । खेल निकै संघर्षपूर्ण रुपमा कुसुमले आफ्नो पक्षमा पार्न सफल भएकी थिईन् ।

त्यसकारण चिरपरिचित बिपक्षीसंग फाइनल खेल्न सागमा उनलाई केही अफटेरो लागेको थियो । मौन्जिरा प्रतिद्वन्दी पाएपछी कुसुमलाई लागिसकेको थियो कि यो सहज हुनेवाला छैन ।मैन्जिराको क्षमतासंग उनी परिचित थिईन् ।

‘मैले उसलाई राम्रोसंग चिनेकी थिए’, कुसुम भन्छिन्, ‘उसको क्षमताको बारेमा पनि म परिचित थिए । त्यसैले सहजरुपमा फाइनललाई लिईन ।’

फाइनलमा मौन्जिरा भेट्ने भएपछि कुसुमले उसको क्षमताको राम्रोसंग अध्ययन गरेकी थिईन् । यस्तै आफ्नो क्षमता र कमजोरी पनि राम्रोसंग केलाएकी थिईन् । उनलाई एकपटक हराईसकेको कारण आत्मबल चहिँ भरिएको थियो । उनलाई घरेलु मैदान र समर्थकको साथ पनि थपिनेवाला थियो ।

सातदोबाटोको करातेहलमा भएको फाइनलमा अन्तत कुसुम सफल भइन् । भरिभराउ घरेलु समर्थकका माझमा कुसुमले स्वर्ण दिलाईन् । मौन्जिरासंग सागको फाइनल पनि संघर्षपुर्ण भयो । ३–२ ले कुसुमले बाजि मारिन् ।

‘स्वर्ण त हात लाग्यो तर थाहा भएन त्यो सपना हो की विपना’, कुसुमले सुनाईन्, ‘मैले सपना हो कि विपना हो नै छुटाउन सकिन, स्वर्णले मन र मस्तिष्कमा जरो हालेको रहेछ, एकैछिन त म होसविहिन जस्तै बनेकी थिए ।’

साथीहरुको लहैलहैमा लागेर कराते सुरु गरेकी कुसुमको १३ औ साग सम्मको यात्रा अविस्मरणिय रह्यो । परिवारको साथ र उनका वाल्यअवस्था देखिकै गुरुहरु विक्रम लामा र अन्य उनको सफलताको मुख्य आधार हुन् ।करातेमा उनको बर्षौँको लगानी छ । उनले सबै बिर्सिएर करातेमा जिन्दगी समर्पित गरेकीछन् । तर उनलाई अझै लाग्दैन, कराते खेलेर पनि जीविकोपार्जन गर्न सकिन्छ ।

नेपालमा आक्कलझुक्कल आउने पुरस्कार बाहेक खेलकुदमा आशालाग्दो ठाउँ नेदेखेको उनको भनाई छ । खेलाडीको भविष्य सुनिश्चित गन सम्बन्धित निकायले चासो बढाउनुपर्ने उनको धारणा छ ।नेपाल आर्मीबाट व्यवसायीक रुपमा खेल्ने कुसुम पढाईमा पनि अब्बल छिन् ।

विश्वभरी फैलीएको कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण कुसुम घरमा नै समय बिताईरहेकीछन् । ‘घरमै सामान्य व्यायाम गर्छुु, सकेकसम्म चाँडो कोरोनाको संक्रमण हटोस् भन्ने चहानामा छु’, कुसुमले भनिन् ।

🔴LIVE – KUSUM KHADKA (NATIONAL PLAYER, KARATE) मेरोखेल डटकमको लकडाउन विशेष फेसबुक लाईभको बिसौ दिनको पहिलो सत्रमा अहिले करातेको राष्ट्रिय खेलाडी कुसुम खड्काको उपस्थिती छ । यो फेसबुक लाईभ सत्र तपाई मेरोखेल डटकमको आधिकरिक पेजमा हेर्दै हुनुहुन्छ । तपाई पनि फेसबुक लाईभमा आफ्नो प्रश्न,जिज्ञासा तथा सल्लाह सुझाव अनुशासन सहितको सहभागिता जनाउन सक्नुहुनेछ ।

Posted by Merokhel.com on Sunday, April 26, 2020