फुटसलको विश्व वरियतामा नेपाल १६३औं स्थानमा

काठमाण्डौ । विश्व फुटबल महासंघ (फिफा)ले जारी गरेको नयाँ फुटसल वरियतामा नेपाल १६३औं स्थानमा छ ।

फिफाले आईतबार जारी गरेको फुटसलको विश्व वरियातामा नेपाल १६३औं स्थानमा रहेको हो ।

फुटसलको विश्व वरियतामा ब्राजिल शिर्ष स्थानमा छ भने दोश्रो स्थानमा स्पेन रहेको छ ।

यस्तै विश्व वरियतामा छैठौ स्थानमा रहेको ईरान एशियाली राष्ट्रको वरियतामा पहिलो स्थानमा छ ।

नेपालले सन् २०१७ देखि अन्तराष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको हो । नेपालले पहिलोपटक सन् २०१७ मा ईरानमा भएको एएफसी फुटसल च्याम्पियनििसपमा सहभागिता जनाएको थियो ।

उक्त प्रतियोगितामा नेपालले कुनै पनि खेलमा जित निकाल्न सकेको थिएन ।

यसैगरी पछिल्लो पटक नेपालको राष्ट्रिय फुटसल टिमले गत कार्तिकमा एएफसी फुटसल च्याम्पियनसिपको छनोट प्रतियोगितामा सहभागिता जनाएको थियो । सो प्रतियोगितामा पनि नेपाल जितविहिन रहेको थियो ।

उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा ताजिकिस्तानसँग ६–०,उज्वेकिस्तानसँग ४–१ र अन्तिम खेलमा अफगानिस्तानसँग ६–२ गोल अन्तरले पराजय बेहोरेको थियो ।

नेपाल रहेको समूह ए बाट ताजिकिस्तान र उज्वेकिस्तान सन् २०२० को अगस्टमा तुर्केमिनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि छनोट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :