एनटीएको राहत वितरण जारी

काठमाडौ । कोरोना भाइरस (कोभिड १९) का कारण उत्पन्न असहज परिस्थितिबाट मारमा परेका विभिन्न वर्गका परिवारलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले राहत वितरणको कार्य जारी राखेको छ ।

कोरोना भाइरसका कारण मुलुकमा लकडाउन लागू भएपछि हालसम्म एनटीएले करिब १ सय ५६ परिवारलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरिसकेको एनटीएका अध्यक्ष एवं तेक्वान्दोका अन्तर्रा्ष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।

उनका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न ९ वडा, ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका, गोकर्णेश्वर नगरपालिका, बाल आश्रम, बृद्धा आश्रममा राहत वितरण गरिएको छ ।

विपन्न खेलाडीका परिवार, दैनिक ज्याला गरी गुजारा चलाउने मजदुर, सुत्केरी, अपाङ्ग र सुकुम्वासीलाई राहत प्रदान गरिएको हो ।
त्यस्तै २ स्वास्थ्य चौकी र १ प्रहरी चौकीमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको एनटीएले मृगौला रोगबाट पीडित २ जनालाई आर्थिक सहयोग पनि प्रदान गरेको छ ।

एनटीएसहित स्वदेश तथा विदेशमा रहेका शुभचिन्तकको सहयोगमा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको सामाग्री उपलब्ध गराइएको खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :