प्रथम राष्ट्रिय अनलाईन कराँते काता प्रतियोगिता हुँदै

काठमाण्डौ । कोरोना कारण देशभित्र हुने खेलकुद गतिविधिहरु प्रभावित बनेको छ । यस्तोमा खेलाडीहरुले अभ्यास र प्रतियोगिता खेल्नबाट बञ्चित बनेका छन् ।
खेलाडीहरुलाई खेलबाट बञ्चित हुन परोस् भन्ने उद्देश्यले काठमाण्डौको गोकर्णेश्वर नगरपालिकास्थित शंखडोल डोजोले प्रथम राष्ट्रिय कराँते अनलाइर्न काँता प्रतियोगिताको आयोजना गर्दैछ ।

कोरोना महामारीका कारण विश्वब्यापी चलिरहेको अनलाईन प्रतियोगितालाई शंखडोल डोजोले पनि प्रयोगमा ल्याउन लागेको हो ।

आयोजकका अनुसार प्रतियोगितामा राष्ट्रब्यापी रुपमा कराँते खेलाडीहरुले सहभागिता जनाउन सक्नेछन् । खेलाडीहरुले आफै भिडियो खिचेर काँताको भिडियो आयोजक शंखडोल डोजोलाई ट्याग गर्ने र निर्णायक मण्डलले भिडियो हेरेर उत्कृष्ट तिन काँतालाई पुरस्कृत गर्नेछ ।

अनलाईन काँता प्रतियोगितामा सहभागि हुन चाहने खेलाडीले भिडियो बनाएर आफनै फेसबुक टाईमलाईनमा भिडियो पोस्ट गरेर आयोजकलाई ट्याग गर्नुपर्ने नियम रहेको शंखडोल डोजोले जनाएको छ ।

सहभागिहरुको काँताको अनित्म मुल्याकंन १३औ दक्षिण एशियाली खेलकुद (साग) का कराँतेतर्फका दोहोरो स्वर्ण पदक विजेता खेलाडी एवम् अनलाईन काँता प्रतियोगिताका निर्णायक मण्डेकाजि श्रेष्ठले गर्नेछन् ।

सहभागिहरुले जेठ १ गते दिउँसो ३ बजेभित्रमा आफ्नो भिडियो पोस्ट गरिसक्नुपर्ने र २ गते अन्तिम निणृय मार्फत विजेता घोषित गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले १० हजार,दोश्रोले ५ हजार तथा तेश्रोले ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।