भारतीय टेबलटेनीस खेलाडीको मृत्यु

एजेन्सी । भारतका टेबल टेनिस खेलाडि मनमीत सिंह वालियाको ५८ वर्षको उमेरमा मृत्यु भएको छ ।

मनमीत २ बर्षदेखि एमियोट्रोफिक लेटरल स्क्लेरोसिस रोगबाट पीडित थिए । मनमीतको उपचार कोइम्बतोरमा उपचारको क्रममा निधन भएको हो ।

मनमीत टेबल टेनिसबाट अवकाश लिएपछि क्यानाडामा बसोबास गर्दै आएका थिए । मनमितको श्रीमती र दुई छोरी छन् । मनमीतको उपचार कोइम्बतोरमा भइसकेको थियो ।

उनी १९८९ मा राष्ट्रिय च्याम्पियन बनेका थिए । १८ वर्षको उमेरमा, मनमीत विश्व र्याङकिङमा १३ औं स्थानमा थिए । १९८० मा उनले एसियन च्याम्पियनसिप बाट आफ्नो अन्तर्रा्िष्ट्रय खेलको सुरुवात गरका थिए ।

भारतको टेबल टेनिस महासंघ (टीटीएफआई) का महासचिव एमपी सिंहले उनको निधनमा शोक व्यक्त गरेका छन् ।

उनले भने,‘टेबल टेनिस परिवारका लागि दुखद क्षण हो ।’

टीटीएफआईका पूर्व महासचिव र अन्तराष्ट्रिय टेबल टेनिस महासंघ (आईटीटीएफ) का बोर्ड सदस्य धनराज चौधरीले पनि उनको नधिन प्रति शोक ब्यक्त गरेका छन् ।

उनले भने,‘टेबल टेनिसले राम्रो खेलाडी र एक महान ब्यक्ति गुमाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :