२८ वर्षिय रेसलरको मृत्यु

एजेन्सी । जापानका एक २८ वर्षिय सुमो रेसलरको कोरोना भाईरसका कारण मृत्यु भएको छ ।

सुमो रेसलर सोबिशु केही समयदेखि अंङ्ग नचल्ने रोगबाट समेत ग्रसित थिए । टोकियोको तकादागावा क्लबबाट रेसलिङ्ग खेल्ने सोबिशु कोरोना र अङ्ग नचल्ने रोगबाट पिडित भएपछि एक महिना पश्चात बुधबार बिहान निधन भएको हो ।

कोरोनाका कारण कुनै रेसलरको मृत्यु भएको यो पहिलो घटना हो । जापानको सुमो संघले सोबिशुलाई अप्रिलको पहिलो साता देखि ज्वरो आउनु शुरु भएको जनाएको छ ।

संघले उल्लेख गरेको छ,‘उसलाई अप्रिलको ४–५ तारिखतिर निकै ज्वरो आएको थियो । उसको फोनको लाईनमा समस्या भएकोले सम्पर्कमा आएको थिएन । स्थानिय स्वास्थ्य अधिकारीहरुसँग पनि सम्पर्कमा आउन सकेन । यति मात्र होईन धेरै अस्पतालहरुले उसलाई भर्ना गर्न पनि मानेन ।’

त्यसको केही समयपछि उनको खोकीमा रगत देखिन थालेपछि टोकियो अस्पतालमा भर्ना गरिएपछि उनको मृत्यु भएको संघले जनाएको छ । सोबिशुको शुरुवाती कोरोना परिक्षणहरु नगेटिभ देखिएको तर १० अप्रिलमा गरिएको परिक्षणमा पोजिटिभ आएको थियो ।

उनलाई अप्रिल १९ को दिन आईसीयुमा राखिएको थियो ।

संघका अध्यक्ष हक्काकुले सोबिशुको निधन दुखद खबर भएको बताएका छन् ।