नेपालका कमललाई स्वर्ण

काठमाण्डौ । नेपालले अनलाईन अन्तराष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा एक स्वर्ण र दुई रजत र एक पदक जितेको छ ।

अनलाईन विश्व तेक्वान्दो संघले फ्रान्समा आयोजना गरेको अनलाईन अन्तराष्ट्रिय तेक्वानदो पुम्से प्रतियोगितामा नेपालले ३० ३० वर्षमुनिकोको उमेर समूहमा एक स्वर्ण र दुई रजत र एक पदक जितेको हो ।

नेपालका लागि कमल श्रेष्ठले ७.६७ अंक ल्याउँदै ३० वर्ष मुनिको उमेर समूहमा स्वर्ण पदक जिते । उनले नेपालमा सम्पन्न १३औं सागमा पनि स्वर्ण पदक जितेका थिए ।

यसै समूहमा जितबहादुर बोटेले रजत र प्रेमबहादुर लिम्बुले कास्य पदक हात पारे । यो उमेर समूहमा फ्रान्सका मोमहमद गुइड्रीले पनि कास्य पदक जितेका छन् ।

यस्तै ३० वर्ष मुनिको महिलातर्फ नेपालकी पार्वती गुरुङ्गले रजत पदक जित्न सफल भईन् । यस उमेर समूहमा अमेरिकाकी बियात्रिज करिना बेलिसेनाले स्वर्ण हात पारिन् भने बुलगेरियाकी सिमोना ग्रिग्रोभा र अमेरिकाकी कायरा कोरा डोबले कास्य हात पारिन् ।

५० वर्ष मुनि उमेर समूहको मास्टर्सतर्फ नेपालका लागि सहभागि लक्ष्मण ऐरको फाईनल खेल बिहिबार हुँदैछ ।

नेपालबाट ७ जना तेक्वान्दो खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगितामा नेपालसहित २७ राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको छ ।