ओलम्पिक पदकधारी कोरियाली जुडो खेलाडीमाथि आजिवन प्रतिबन्ध

एजेन्सी । नाबालिकमाथि यौन दुब्र्यवहार गरेको आरोप लागेपछि भएपछि दक्षिण कोरियाली ओलम्पिकका रजत पदक विजेता जुडो खेलाडी वाङ्ग की चुनमाथि आजीवन प्रतिबन्ध लागेको छ ।

नाबालिक माथिको यौन दुब्र्यवहारको अरोपमा कोरियाको डेगु जिल्ला प्रहरीले चुनलाई अनुसन्धानका निम्ति मे २ तारिखमा पक्राउ गरेको थियो ।

कोरियाको जुडो संघले चुनको ब्यवहार अमानविय रहेको भन्दै उनीमाथि आजिवन प्रतिबन्धको घोषणा गरेको हो । संघको अनुशासन कमिटीले प्रतिबन्धको सिफरिस गरेपछि संघले सर्वसम्मत प्रतिबन्धको निर्णय पारित गरेको हो ।

चुनको माथिको आरोप प्रमाणित हुन बाँकी रहेपनि अनुसन्धान कमिटीले भनेको छ,‘चुन तयस्ते गतिविधिमा लागेको हुन सक्ने पहिल्येबाट आशंका पहिल्यैबाट गरेका थियौ । यस्तो क्रियाकलापले सिङ्गो कोरियाली जुडो संघमाथि दाग लाग्ने भएका कारण चुनलाई आजीवन प्रतबिन्धको घोषणा गरिएको हो ।

संघको निर्णय माथि चुनले असन्तसष्टिको निवेदन दर्ता गरेका छन् । उनले कोरियाली खेलकुद तथा ओलम्पिक कमिटीमा पुनरावेदन गर्ने अझै एउटा विकल्प बाँकी रहनेछ ।

सन् २००८ को बेईजिङ्ग ओलम्पिकका रजत पदक विजेता चुन यसअघि पनि अनेकन विवादमा रहने गरेका थिए । सन् २००९ मा नाईट क्लबमा विवादका कारण प्रहरीले उनलाई पक्राउ समेत गरेको थियो । उनले नाईट क्लबमा एक युवतीलाई झाप्पड हिर्काएका थिए । चुन सन् २०१४ मा ट्रेनिङ्गको दौरानमा मोबाइल फोन प्रयोग गरेका कारण सेनाको कारवाहीमा समेत परेका थिए ।

चुनले बेईजिङ्ग ओलम्पिकमा ७३ केजी तौल समूहमा रजत पदक हात पारेका थिए । २ पटकका एशयिन च्याम्पियन चुन सन् २०१२ को ओलम्पिकमा कास्य दिकका लागि भिडेका थिए तर सफल हुन सकेनन् ।

जुडोबाट सन्उास लिए पश्चात चुनले डेगुमा जुडो डोजो स्थापना गरेका छन् भने युट्युबरको रुपमा काम समेत गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :