कोरोना संक्रमण निर्मुल नहुन्जेल प्रशिक्षणमा फर्कन नहुनेः मेरी कोम

एजेन्सी । भारत सरकारले महत्वपूर्ण खेल र खेलाडीहरुको प्रशिक्षणको निम्ति स्टेडियमहरु खोल्ने निर्णय गरेपनि चर्चित बक्सिङ्ग खेलाडी एमसी मेरी कोमले अहिले प्रशिक्षणमा फर्कन बेला नभएको टिप्पणी गरेकी छिन् ।

भारत सरकारले स्वास्थ्यको प्रत्याभुति हुने गरी गरी केही महत्वपूर्ण खेल र तयसको तयारीको निम्ति मार्गनिर्देश सहित प्रशिक्षणमा फर्काउने निति अवलम्बन गरेको छ । तर थुपै्र पटक विश्व च्याम्पियन र लण्डन ओेलम्पिक रहेकी मेरो कोमले भने केही समय अझै ‘पर्ख र हेर’ को निति अवलम्बन गर्नुपर्ने बताएकी हुन् ।

बक्सिङ्ग खेलाडीहरुको प्रशिक्षणका निम्ति स्पाईरिङ्ग आवश्यक रहेकोले सामाजिक दूरी कायम नहुने निश्चित भएको उनले बताईन् । उनले कोरोना संक्रमण न्युनिकरणका निम्ति भ्याक्सिन अथवा कुनै उपाय नआउन्जेल जनस्वास्थयमाथि खेलवाड गर्न नहुने तर्क राखिन् ।

भारतको बक्सिङ्ग संघले पनि ततकाललाई स्पाईरिङ्ग अथवा नजिकबाट गर्नुपर्ने प्रशिक्षण नगर्ने निर्णय लिएको छ ।

मेरी कोमले प्रशिक्षकहरुसाग सल्लाह र सुझाव लिएर के गर्न सकिन्छ भन्ने विषयमा सोचेर मात्र प्रशिक्षणमा ओर्लने बताईन् ।

३७ वर्षिय मेरी ५१ केजी तौल समूहमा टोकियो ओलम्पिकका निमित छनौट भईसकेकी छिन् । उनी गत मार्चमा भएको एशियन छनौट चरण पार गर्दे आगामी वर्षको ओलम्पिकको लागि छनौट भएकी हुन् ।