प्रिमियर लिगको खेलाडीलाई प्रयोगसालाको मुसा जसरी प्रयोग गरिदै छः ड्यानी रोज

एजेन्सी । ईङ्गलिश प्रिमियर लिग क्लब न्यु कासल युनाईटेडका डिफेन्डर ड्यानी रोजले कोरोनाको महामारीको समयमा खेलाडीलाई प्रयोगशालाको मुसा जसरी प्रयोग गरिन लागिएको बताएका छ्न ।

रोजले यस कोरोनाको महामारीको बेलामा खेलाडीहरुलाई मनोरञ्जनको स्रोत बनाउन खोजेको आरोप लगाएका छन् ।

ड्यानी रोजले एउटा भिडियो मार्फत भने,‘म फेरि फुटबल खेल्नलाई निकै उत्सुक छु । समर्थकहरुले हामिलाई मैदानमा फेरि फर्किन सुझाब दिएका छ्न, हामीहरुलाई मैदान पठाएर प्रयोगशालाको मुसा जसरी प्रयोग हुने महसुस भईरहेको छ । म कसैको मनोरञ्जनको लागि आफ्नो स्वास्थ्यमाथि खेलवाड गर्न चाहन्न । म ६ हप्ता आगाडी जस्तो डर महसुस गरिरहेको थिए अहिले पनि त्यस्तै डर महसुस गरिरहेको छु ।’

मंगलबार प्रिमियर लिगको खेलाडी र स्टाफमा गरिएको कोरोना टेस्टमा ६ जना खेलाडी र स्टाफलार्ई कोरोना पोजेटिभ देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :