बिक बहादुर थामीले जिते शारीरिक ब्यायाम प्रतिस्पर्धा

काठमाण्डौ । नेपाल वादोरियो कराते डो संघ ब्ल्याक बेल्ट कमिटीले आयोजना गरेको लक डाउन शारीरिक ब्यायाम अनलाईन भिडियो प्रतिस्पर्धामा बिक बहादुर थामी प्रथम भएका छन् ।

कम्तिमा १ मिनट समयकोे भिडियो ‘कराते नेपाल’ ग्रुपमा पोष्ट गरेर सहभागिता जनाईएको ‘लकडाउन घरमा बसि गर्न सक्ने शारिरक ब्यायाम’ अनलाईन भिडियो प्रतिस्पर्धा गरिएको हो ।

प्रतिस्पर्धामा बिक बहादुर थामी प्रथम हुँदा हिक्मत रोक्का मगर दोश्रो तथा शान्ती तामाङ्ग तेश्रो भईन् ।

उत्कृष्ट ३ जना विजेताले क्रमश जनही रु ५००० ,२५०० र १५०० प्राप्त गरे । र( रुपैयाँ नगद जित्न सफल भए।

प्रतियोगिता नेपाल कराते महासंघ महासचिव,नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एबम प्रमुख प्रशिक्षक हरिशरण के सी को विशेष निर्देशनमा आयोजना गरिएको थियो।

यस्ता प्रतिस्पर्धाले लक डाउनको बेला ट्रेनिङ स्थल सम्म आएर ट्रेनिङ गर्न नपाएका खेलाडीहरुको मनोबल उच्चपार्ने हुँदा आगामी दिनमा पनि यस्ता प्रतिस्पर्धाहरु गर्दै जाने कुरा संयोजक पुरुषोत्तम पोखरेलले बताए ।

प्रतिस्पर्धामा ६५ जनाको सहभागिता रहेको थियो । ब्यक्तिहरुले सहभागिता जनाएका थिए । प्रतिस्पर्धा बैशाख २० गते बाट शुरु भई जेठ ५ गते सम्म चलेको थियो ।