भाईलाई हराउँदै दाईले बनाए रोड रेसमा किर्तिमान

एजेन्सी । सी । नर्वेमा कोरोना भाइरस ब्रेक पछि पुन सञ्चालन भएको एथ्लेटिक्स प्रतियोगितामा आफ्नो भाइ हेनरिकलाई हराउँदै जोकूब इन्गेब्रिट्सनले ५ किलोमिटर रोड रेस जितेका छन् ।

उनले रोड रेस जितने क्रममा राष्ट्रिय किर्तिमान समेत बनाएका छन् । जोकूबले रोड रेस १३ मिनेट २९ सेकेण्डमा पुरा गर्द राष्ट्रिय कितिृमान बनाएका हुन् ।

भाई हेनरिक उनि भन्दा दुई सेकेण्डले पछि परेका थिए । दुबैले अघिल्लो १३ मिनेट ३७ सेकेण्डको राष्ट्रिय रेकर्डलाई पछाडि पारिदिए ।

जोकूब र हेनरिकका बुबा समेत रहेका प्रशिक्षक गर्ट इन्जेब्रिट्सनले नर्वेली मिडिया एनआरकेलाई भने,‘केटाहरूको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो भने उनीहरूले सिजन शुरू राम्रो अनुभवका साथ गरे ।

कोरोना भाईरसले यस रेसको आयोजनको क्रममा सबै स्वास्थ्य सम्बन्धी सुरक्षा अपनाउको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :