नेभाडा मिक्सड मार्संल आर्टस् च्याम्पियनसिप शुरु हुने तर्खरमा

एजेन्सी । गत मार्चबाट रोक्किएको लस भेगसमा हुने अल्टिेमेट फाईटिङ्ग च्याम्पियनसिप बक्सिङ्ग सूचारु गर्नका निम्ति मे को अन्तिम साता नेभाडा स्टेट एथ्लेटिक आयोग (एनएसएसी) ले भर्चुअल बैठक गर्ने भएको छ ।

दुई महिना पश्चात अवस्थामा केही सुधार देखिएको भन्दै एनएसएसीले अल्टिेमेट फाईटिङ्ग च्याम्पियनसिप बक्सिङ्गलाई शुरु गर्ने तर्फ निर्णय लिन बैठक बस्ने निर्णय गरेको हो ।

कोरोनाको महामारीका कारण एनएसएसीले टेलिफोन मार्फत भर्चुअल बैठक मार्फत च्याम्पियनसिपको मिति तय गर्न बैठक बस्न लागेको हो ।

आयोगलाई मे ३० अथवा जुन ६ मा च्याम्पियनसिप आयोजना गर्न थुप्रै आवेदनहरु परेको छ । तसर्थ आयोगले मितिको विषयमा पनि गम्भि र भएर बैठकबाट निष्कर्ष निकाल्ने एनएसएसीले जनाएको छ । एनएसएसीको बैठक मे २७ मा भर्चुअल माध्यमबाट बस्दैछ ।

अल्टिेमेट फाईटिङ्ग च्याम्पियनसिप बक्सिङ्ग मिक्सड मार्सल आर्टस विधाको खेल हो ।