२२ वर्षिया रेस्लर हानाको निधन

एजेन्सी । जापानकी प्रोफेसनल रेस्लिङ्ग स्टार हाना किमूराको निधन भएको छ ।

२२ वर्षिया किमुराको आत्महत्याका कारा निधन भएको हुन सक्ने अनुमान लागईएको छ । सामाजिक सञ्जाल ट्विटरमा निकै अभ्यस्त किमूराको ट्विटर पोष्ट प्रति अधिकांश समय विवाद हुने र उनको ट्विट प्रति धेरै धम्कि आउने भएकोले मर्न बाध्य तुल्याईएको हुन सक्ने समेत अनुमान गरिएको छ ।

उनले ट्विटरमा पछिल्लो स्टेटसमा बिरालोसहित आफ्नो तस्विर पोष्ट गर्दे गुडबाई लेखेर पोष्ट गरेकी थिईन् ।

हाल उनले नेटफ्लिक्स को एक रियालिटी शो ‘टेरेस हाउस टोकियोमा काम गरिरहेकि थिईन् । उक्र शो कोरोना भाईरस महामारीका कारण स्थगित गरिएको थियो ।

किमुराले स्टारडमस् २०१९ फाईटिङ्ग अवार्ड जितेकी थिईन् । किमूरा आफ्नो सुन्दरता र विवादास्पल ट्विट बाहेक रेस्लिङ्ग कौशलका कारण निकै छोटो समयमा प्रख्यात बनेकी थिईन् ।

उनकी आमा क्योको किमुरा पनि चर्चित रेस्लिङ्ग खेलाडी थिईन् ।

जापानको रेसलिंङ्ग संस्था ’वर्ल्ड वान्डर रिङ स्टारडम’ युवा रेसलरको मृत्युमा दुख ब्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :