भारतमा बक्सिङ खेलाडीको कोरोना बिमा

एजेन्सी ।
बक्सिङ फेडरेसन अफ इण्डिया (बिएफआई) ले आफ्ना खेलाडीहरुको कोरोना बिमा गरेको छ । बिएफआइ आफ्ना खेलाडीहरुको कोरोना बिमा गर्ने भारतको पहिलो खेलकुद संघ बनेको छ ।

बिमा नियामक इकाई र विकास प्राधिकरण (आईआरडीए) द्वारा जारी दिशानिर्देश अनुसार प्रशिक्षणका लागि राष्ट्रिय शिविरमा भाग लिने बक्सर , प्रशिक्षक, सहयोगी कर्मचारीहरुको बीमा गरिनेछ ।

शिविरमा रहेका खेलाडी र कोचिङ स्टाफलाई ५ लाख भारतिय रुपयाँ सम्मको आधारभूत बिमा रकम दिइनेछ । यो निर्णय बिएफआइको भिडियो कन्फरेन्सिङ बैठक मार्फत लिइएको थियो ।