बेलायती मोडलले लगाईन बोल्टमाथि गम्भिर आरोप

एजेन्सी । बेलायती मोडल शारी हल्लीडेले ओलम्पिकमा ८ स्वर्ण पदक बिजेता धावक युसेन बोल्टमाथि सनसनीपुर्ण आरोप लगाएकी छिन् ।

मोडल शारीले बोल्टले उनलाई निरन्तर अश्लील फोटोहरू मागेको आरोप लगाएकी छिन् । उनले बोल्टले आफ्नो छोरीको जन्म हुनुभन्दा दुई दिन अघि अश्लील फोटोहरू मागेको बताईन् ।

ओलम्पिकमा ८ स्वर्ण पदक जित्ने बोल्ट हल हालै एक छोरीको बुबा बनेका थिए

’द सन’ को एक रिपोर्ट अनुसार शारिले केही समयदेखि बोल्टसँग निरन्तर सम्पर्कमा रहेको बताएकी छिन् ।

बेलायती मोडल शारी हल्लीडे

उनले भनिन्,‘छोरीको जन्म हुनुभन्दा दुई दिन अघि बोल्टले अश्लील फोटोहरू मागेका थिए । बोल्टको अन्य सम्बन्धको बारेमा मलाई थाहा भयो जब जमैकाका प्रधानमन्त्रीले बोल्टलाई बुबा बनेकोमा बधाई दिए ।’

शारीका अनुसार तस्वीरहरू पठाउँदा बोल्टले उनको प्रशंसा गर्थे ।

रिपोर्टका अनुसार, गत बर्ष लण्डनको नाइटक्लबमा शारीले पहिलो पटक बोल्टलाई भेटेकि थिईन् ।

यस बिषयमा बोल्टबाट अहिलेसम्म कुनै बयान आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :