नेपालका लक्ष्मणलाई स्वर्ण

काठमाण्डौं । ‘कोभिड–१९’ भर्चुअल अन्तर्राष्ट्रिय अनलाईन तेक्वान्दो च्याम्पियनसिपमा नेपालले १ स्वर्ण सहित २ मेडल हात पारेको छ । प्रतियोगिताको पहिलोदिन नेपालका मास्टर लक्ष्मण बहादुर ऐरले स्वर्ण जितेका हुन् ।

अमेरिकाको पोर्टल्याण्डमा बिहिबार राती ५० बर्ष उमेर समुह माथीको प्रतिस्पर्धामा उनले स्वर्ण जिते । यस्तै नेपाली खेलाडी रेखामायाँ गुरुङले कांस्य हात पारिन् । ४० बर्ष मुनीको प्रतिस्पर्धामा उनले कांस्य जितेकी हुन् ।

प्रतियोगितामा नेपाली खेलाडीले लाईभ सहभागिता जनाएका हुन् । निर्णयकले उपलव्ध गराएको समयमा खेलाडी नेपालबाटै भिडियो लाईभमा प्रस्तुत भएका थिए ।

लक्ष्मण र रेखासँगै पहिलो दिननै प्रतिस्पर्धाको पालोमा राखिएका ब्लाक बेल्ट आशिष चन्द र विवेक राईले भने उपाधि हात पार्न सकेनन् ।

च्याम्पियनसिपमा अब नेपालका लागि कलर बेल्ट सुस्मीता केसी र दावा शेर्पाको खेल बाँकी छ । उनीहरु दुबैले २० बर्ष मुनिको उमेर समुहमा प्रतिस्पर्धा गर्दैछन् ।

२० देशका खेलाडीहरुको सहभागीता रहेको प्रतियोगिता ४ दिन सम्म चल्नेछ ।

लक्षमण सहितका खेलाडीले यस अघि पनि बिभिन्न अनलाईन प्रतियोगितामा सहभागिता जनाईसकेका छन् । अन्तराष्ट्रिय तेक्वान्दो पुम्से र प्रथम अनलाईन ‘खुल्ला डेडे युरोपियन पुम्से च्याम्पियनसिप २०२० मा लक्ष्मणकै नेतृत्वमा नेपाली टोलीले सहभागिता जनाएको थियो ।