प्रिमियर लिगमा पाँच खेलाडी परिवर्तन हुने

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को महामारी पछि सुरुभएको फुटबलको पाँच खेलाडी परिवर्तन गर्न पाईने नियम प्रिमियर लिगमा पनि लागु हुनेभएको छ । कोरोनाका कारण गएको मार्चमा रोकिएको प्रिमियर लिग अर्को सातापछि सुरुहुँदा सहभागि क्लबले निर्धारीत समयमा पाँच खेलाडी परिवर्तन गर्न पाउनेछन् ।

यसबारेमा प्रिमियर लिग कमिटिले बिहिबार आधिकारीक निर्णय गरेको छ भने यसबारेमा शुक्रबार सबै क्लबलाई ब्रिफिङ् गराउँदैछ । खेलाडी परिवर्तनको नियमसँगै अन्य केही नयाँ तथा स्वास्थ्य निर्देशीका बारेमा आज लिग कमिटिका केही आधिकारीले क्लबका सदस्यलाई भेट्ने कार्यक्रम रहेको विदेशी समाचार माद्यममा खबर छ ।

‘खेलाडीहरुले कोरोनाको महामारीमा अभ्यसगर्न पाएनन् । मार्च देखि प्रिमियर लिग रोकिए पछि पक्कै उनीहरुमा फिटनेसको समस्या देखिनेछ’, लिग कमिटिले भनेको छ, ‘कोरोनाको त्रासका बीचमा खेलहरु पनि छिटोछिटो गर्नुपर्ने आबस्यकताकाबीच खेलाडीहरु घाईते हुने डरले पनि पाँच खेलाडी परिवर्तन गर्न पाउने निर्णयमा पुगेका हौँ ।’

यसबाहेक कमिटिले ७ देखि ९ खेलाडी बेन्चमा राख्न पनि अनुमती दिनेछ ।

विश्व फुटबल महासंघ फिफाले कोरोना महामारी पछि सुरुभएको फुटबलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने नियम लिएर आएको छ । । यो नयाँ नियमको पहिलो प्रयोग जारी जर्मन बुन्डेसलिगामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :