एनबीए बाँकी रहेको सिजन शुरु गर्न तयार

गोविन्द गुरुङ्ग

न्युयोर्क । एनबीए बास्केटबलको बाँकी सिजन अमेरिकाको फ्लोरिडास्थित डिज्नी वल्र्डमा गर्ने प्रस्ताव अघि सारिएको छ ।

अमेरिकाको बास्केटल संघले कोरोना पश्चात बास्केटबल जुलाई ३१ बाट फ्ला्रिडाको डिज्वी वल्र्डमा गर्ने निर्णय भएको हो । कोरोना भाईरस महामारीका कारण गत मार्च ११ मा एनबीए बास्केटबलको सिजन रोक्किन पुगेको थियो ।

एनबीएका १३ वटा वेस्टर्न कन्फरेन्स् टिम र ९ वटा ईस्टर्न कन्फरेनस् टिमहरुमा प्रत्येकले ८ खेल खेल्दै प्ले अफका लागि स्थान बनाउनेछन् ।

ओर्लान्डोको ईएसपीएन वाईड वल्र्ड अफ स्पोर्टस् कम्प्लेक्स्मा ५ हजार सिट संखया भएपनि कोरोना संक्रमणका कारण प्रतियोगिता बिना दर्शक आयोजना हुनेछ ।
एनबीएले सहभागि सबै २२ टिमहरु कोरोनाको संक्रमण कम गर्न त्यहीको एक रिजोर्टमा बस्ने प्रस्ताव समेत राखेको छ ।

बिहिबार एनबीएको बोर्डले बाँकी रहेको सिजनको खृलहरु सूचारु गर्न स्विकृति दिएको थियो ।

अब शुक्रबार नेशनल बास्केटबल प्लेयर्स एशोसिएसन (एनबीपीए) ले सहमति जनाए एनबीएको प्रस्ताव स्विकृत हुनेछ । सहमति जुटाउनका निम्ति शुक्रबार अनलाईन कन्फरेन्स् मार्फत मतदान हुने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :