खड्का अन्तराष्ट्रिय तेक्वान्दोमा निर्णायक

काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा नेपालका अशोक खड्का निर्णायक प्यानलमा परेका छन् ।

विभिन्न राष्ट्रका १३ जना निर्णायक चयन भएकोमा एसियाली महादेशबाट निर्णकमा चयन हुने खड्का एक मात्र निर्णायक हुन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक पनि हुन् ।

युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा प्रतियोगिता बिहिबारबाट शुरु भएको हो ।

चार दिनसम्म संचालन हुने च्याम्पियनसिप अनलाईन भिडियो बन्फरेनस् सम्बन्धिको एप्लिेकशन ‘जुम’ बाट संचालन भईरहेको छ ।

प्रतियोगिताबाट संकलित रकम कोरोना भाइरसबाट अत्ति प्रभावित विभिन्न राष्ट्रका अनाथलयमा रहेका खेलाडीलाई सहयोग स्वरुप प्रदान गरिने नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष समेत रहेका खड्काले बताए ।

निर्णायकले पारिश्रमिक वापत पाउने रकम पनि अनाथलयमा रहेका खेलाडीलाई सहयोग स्वरुप प्रदान गरिने छ । निर्णायकले प्रति दिन एक सय अमेरिकी डलरका दरले पारिश्रमिक पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :