युएफसीमा ब्राजिलकी अमाण्डाले जितिन् २ उपाधि

एजेन्सी । ब्राजिलकी अमाण्डा न्युन्स्ले अल्टिमेट फाईटिङ च्यामिपयनसिप (युएफसी) २५० मा क्यानडाकी फेलिसिया स्पेसरलाई हराएकी छिन् । यस जितसँगै अमाण्डा युएफसीमा एकैपटक २ वटा विधाको उपाधि रक्षा गर्ने पहिलो खेलाडी भएकी छिन् ।

उनले सन् २०१६ मा वान्टम तौल विधामा उपाधि जितेकी थिईन् भने सन् २०१८ मा फेदर तौल समूहको विधामा च्याम्पियन बनेकी थिईन् ।

महिलातर्फ १३ खेल जित्दै अमाण्डा सबैभन्दा बढी खेल जित्ने किर्तिमान समेत बनाउन सफल भएकी छिन् ।

जित पछि, अमाण्डाले भनिन्,‘मैले विपक्षीको खेल राम्ररी बुझेकीे थिए । मलाई थाहा थियो उनि अब्बल छिन् र पाँच राउन्डको बाउटमा खेल्न उनीभन्दा चुस्त हुनपर्छ । मेरो लक्ष्य एकै समयमा मेरो दुबै विधाको रक्षा गर्ने थियो । म यसमा सफल भए खुशी छु ।’