मिकेला मेयरलाई कोरोना संक्रमण

एजेन्सी । अमेरिकी महिला बक्सर मिकेला मेयरलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । जुनियर लाइटवेट बक्सर मिकेलाले आफुलाई कोरोना भएको सामाजिक संजालबाट बताएकी हुन् ।

मिकेलाले समाजिक सञ्जालमा लेखेकीछन् , ‘मेरो परिक्षण नकारात्मक रह्यो, तपाईहरुका लागि बक्सिङमा फिर्ता हुन उत्सुक थिएँ तर म आफ्नो लागि, मेरो टिम, समर्थकहरु र विपक्षीका लागि निराश छु ।’

मिकेलालाई कोरोना देखिएसँगै मंगलबार तय भएको उनको फाइट स्थगित भएको छ । २९ वर्षीय मिकेलाले मंगलबार नाइजेरियन खेलाडी हेलेन जोसेफसँग खेल्ने तय भएको थियो ।