शनिबारबाट जर्मनीमा बिच लिगा फर्कने

एजेन्सी । जर्मनीको शिर्ष स्तरको बिच भलिबल लिग ‘बिच लिगा’ शनिबारबाट शुरु हुने भएको छ ।

कोरोना भाईरस महामारीका कारण प्रभावित बनेको नर्मनीको बिच भलिबल प्रतियोगिता बिच लिगा डुसेलडर्फमा जुन १३ बाट सूचारु हुने अन्तराष्ट्रिय भलिबल संघ (एफआईभीबी)ले जनाएको हो ।

लिगामा जर्मनीका शिर्ष खेलाडीहरु भिक्टोरीया बियानेक र ईसाबेल स्नाईडर,किम बेह्रेन्स् र सिन्जा टिल्मान,कार्ला बोर्गर र भेन्जा म्युलर तथा लियोनी कोर्टजिङ्गरको जोडी सम्मिलित टिमहरुले प्रतिस्पर्धा गर्नेछन् ।

लिगामा महिलाका १६ वटा टिमको सहभागिता रहनेछ । यस्तै पुरुषको लिगा भने जुन २० बाट शुरु हुनेछ ।

सबै सहभागी टिमहरुले लिगको मोडलमा प्रतिस्पर्धा गर्नेछन् र उत्कृष्ट चारले सेमिफाईनलमा स्थान बनाउनेछन् ।