फ्रेन्च ओपन टेनिसको तालिका पुनः सर्याे

एजेन्सी । कोरोना भाईरसका कारण दुईपटक तालिका स्थगित गरिएको फ्रेन्च ओपन टेनिस पुनः एक पटक सारिएको छ ।

पहिलोपटक कोरोनाका कारण फ्रेन्छ ओपन टेनिसको तालिका मे महिनाका लागि सारिएको थियो भने दोश्रो पटक सेप्टेम्बर २० का लागि निर्धारित गरिएकोे थियो । तर कोरोना कहरका कारण अन्य प्रतियोगितसँगको मिति जुध्ने भएपछि फ्रेन्च ओपन टेनिसको नयाँ मिति सेप्टेम्बर २९ देखि अक्टोबर ११ सम्मका लागि तय गरिएको छ ।

फ्रेन्च ओपनका प्रमुख रोलान्ड गारोले भने,‘प्रशंसकहरू यस ग्रान्ड स्लाममा उपस्थित हुनेछन् । डब्ल्यूटीए टूर अगस्ट ३ देखि इटालीबाट सुरु हुने छ, जबकि एटीपी टुर अगस्ट १४ देखि वाशिङ्गटनमा सुरु हुनेछ् ।’

सात सातामा ३ मास्टर्स र २ ग्रान्ड स्लाम प्रतियोगिताहरू खेल्न खेलाडीहरूको लागि निक्कै गाह्रो हुनेछ । फ्रेन्च ओपनका निर्देशक गाय फार्गेटले अधिकांश ठूला खेलाडीहरु फ्रेन्च ओपनमा आउने विषयमा विश्वस्त छन् ।

उनले भने,‘शीर्ष १०० खेलाडीहरु मध्ये ७५ जना यूरोपमा छन् । म विश्वस्त छु कि अधिकांश खेलाडीहरु फ्रेन्च ओपन खेल्न चाहन्छन् ।

यसअघिको संस्करणको फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनिस रफायल नडालले जितेका थिए । उनले अष्ट्रियाको डोमिनिक थिमलाई फाईनलमा हराएका थिए ।
यस्तै अष्ट्रेलियाकी एश्ले बार्टीले महिला एकलमा उपाधि जितेकि थिईन् । उनले फाईनलमा चेक गणतन्त्रकी मार्का वोण्डरसोभालाई हराएकि थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :