लय समात्दै खेलकुद, प्रशिक्षणमा फर्कियो ब्याडमिन्टन, खेलाडी उत्साहित

काठमाण्डौं । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण ठप्प रहेको नेपाली खेलकुद फर्कने क्रम सुरुभएको छ । नेपाल ब्याडमिन्टन संघले खेलाडीहरुलाई पूर्णकालीन अभ्यासका लागि बोलाएसँगै नेपाली खेलकुद फर्कने क्रम सुरु भएको हो । ब्याडमिन्टनका शिर्ष खेलाडीले अभ्यासको निम्तो पाएका छन्- आईतबारदेखि उनीहरुको कभर्डहल आउजाउनको क्रम सुरुभएको छ- जसले कोरोनाले प्रभावित नेपाली खेलकुदमा आशाको संञ्चार गराएको छ ।

यसअघि कुनै पनि खेलको अभ्यास सुरुहुन सकेको छैन । केही क्रिकेटरहरुको व्यक्तिगत अभ्यास, अन्य केही खेलाडीको घरमा हुने नियमित वार्मअप बाहेक कसैले पनि आबस्यक अभ्यासमा ध्यान दिन सकेका छैनन् । यस्तो अबस्थामा मंगलबारदेखि ब्याडमिन्टन संघले त्रिपुरेश्वरस्थित कभर्डहलमा अभ्यास गराउँदैछ । संघले सबै खेलाडीहरुलाई तयारी अबस्थामा रहन भनिसकेको छ भने कोरियन प्रशिक्षक चोई सिउँ कुक पनि तयार छन् । यसअघि कोरोनाको कारण स्थगित भएको ब्याडमिन्टनको अभ्यास आइतबारबाट थाल्ने भनिएको थियोे, ‘तर बिभिन्न समस्याका कारण त्यो हुन सकेन’ संघले जानकारी गरायो ।

‘हामी पूर्णकालीन अभ्यास थाल्छौँ’, संघका अध्यक्ष रामजी श्रेष्ठले भने, ‘तयारी सबै सकियो खेलाडी मंगलबारदेखि सामेल हुनेछन् ।’

आईतबार अभ्यास सुरुहुने थाहा पाएपछि केही खेलाडी कभर्डहलमा उपस्थित भएका थिए तर तत्काल त्यहाँ अभ्यास गराउने अबस्था थिएन । आईतबार र सोमबार कभर्डहलको सरसफाई भएको थियो ।

‘लामो समय बन्द रहेको कभर्डहलको सरसफाईमा दुई दिन ढिला भयो, हामी आईतबार नै तयार थियौँ तर सकेनौँ, त्यसैले मंगलबार मात्र हुन्छ भनेर सबै खेलाडीलाई बोलायौँ’, श्रेष्ठले भने ।

संघले काठमाण्डौ आसपास रहेका खेलाडीहरुलाई प्रशिक्षक चोउँको सल्लाहमा बोलाएको थियो । पहिलो दिन ४ खेलाडी आएका थिए । प्रिन्स दाहाल, बिजित थापामगर, रसिला मर्हजन र सोभा गौचन प्रशिक्षणमा उपस्थित भए पनि कभर्डहलको अबस्थाको कारण अभ्यास भएन । उनीहरु सामान्य वार्मअप गरेर फर्किएका थिए ।

संघले पहिलो दिन उपस्थित भएका ४ जना सहित अन्य खेलाडीलाई पनि अभ्यासका लागि बोलाएको छ । मंगलबार कम्तिमा १० खेलाडी अभ्यासमा सामेल हुने श्रेष्ठले जानकारी दिए ।

खेलाडी कति सुरक्षित छन् ?
‘हामीले खेलाडीहलाई स्वास्थ्य निर्देशन पालना गर्न र समाजिक दुरी कायम राख्न सिकाउँदै अभ्यास थाल्ने छौँ’, रामजीले भने, ‘ब्याडमिन्टन आफैँमा सामाजिक दुरीमा खेलिने भएकोले त्यति असहज छैन ।’

उनका अनुसार खेलाडीलाई ब्यक्तिगत समान मात्र प्रयोग गर्न निर्देशन दिईएको छ । अभ्यासको समयमा कुनै पनि खेलाडीले अर्को खेलाडीको सामाग्री प्रयोग गर्न पाउनेछैनन् । अभ्यास आसपासको समय समाजिकदुरीमा बस्नुपर्नेछ । ब्यक्तिगत समानहरु जस्तैः, पानीको बोक्तल, ¥याकेट, लगायतको प्रयोगमा निकै सावधानी अपनाउनु भनेर खेलाडीहरुलाई भनिनेछ ।

‘कोरोनाका कारण विश्वभर ब्याडमिन्टन भएको छैन, यस्तो अबस्थामा हामी अभ्यासमा फर्कन लागेका छौँ । धेरै चुनौती छन्, तर अब यो आबस्यक पनि छ’, श्रेष्ठले भने ।

हाल संसारभर ब्याटमिन्टन प्रतियोगिता स्थगित छन् ।कोरोना महामारिका कारण विश्व ब्याटमिन्टन महासंले केहि साता अघि आफ्नो क्यालेण्डर हेरफेर गरि २०२० को अन्तिम महिना सम्मका सबै अस्तराष्ट्रिय प्रतियोगिताहरु स्थगित गरेको थियो ।

खेलाडी उत्साहित
ब्याडमिन्टन संघले तत्काल काठमाण्डौ आसपासका खेलाडीहरुलाई मात्र अभ्यासमा सहभागी गराउने योजना बनाएको छ । काठमाण्डौं उपत्यका बाहिर रहेका खेलाडीहरुलाई तत्काल बोलाउन र सहभागी गराउन सक्ने अबस्था नभएको संघले बताएको छ । पहिलो चरणको प्रशिक्षणमा कम्तिमा १० जना खेलाडी हुने संघको अपेक्षा छ ।

कोरोना पछि अभ्यास सुरुभएको खुसी त खेलाडीमा छँदैछ खेलाडीहरुले नयाँ प्रशिक्षकको साथ पाउने भएकाले पनि खुसी हुनेछन् । खेलाडीलाई कोरियाली प्रशिक्षक चोइले हेर्नेछन् । लकडाउन सुरुहुनु दुई साता अघिमात्र नेपाल आईपुगेका उनले राम्रोसँग अभ्यास गराउन पाएका छैनन् भने खेलाडीहरुले पनि उनका नयाँ शैली बुझेका छैनन् । उनले राष्ट्रिय टोलीलाई एक हप्ता मात्रै प्रशिक्षण दिन पाएका थिए ।

‘लकडाउनमा लामो समय घरमा बसियो, अभ्यासमा फर्कन पाउँदा खुसी छु’, रसिला महर्जनले भनिन्, ‘अझै घरमा बस्नुपरे लामो समय फर्म खस्कने चिन्ता हुन सक्थ्यो ।’ कोरोनाले निकै प्रभावित बनाएको भन्दै रसिलाले भनिन्, ‘हामीले नयाँ प्रशिक्षकको प्रशिक्षणमा समेत सामेल हुन पाएनौँ, त्यसैले कोरोना पछि सुरुहुन लागेको अभ्यासले निकै उत्साहित बनाएको छ ।’

यस्तै कोरोना पछि सुरु हुन लागेको अभ्यासलाई लिएर विश्व ब्याडमिन्टन बरियताको जुनियर तर्फ सातौँ स्थानमा रहेका यूवा खेलाडी प्रिन्स दाहाल पनि उत्साहित छन् । ‘कोरोनाको क्रास अझै कायमै छ, तर आफू कसरी सुरक्षित रहने भनेर सबैले बुझेका छन् । कोरोनाका कारण लामो समय घर बस्दा धेरैले आफ्नो स्तर र लय गुमाएको अनुभव भएको छ । त्यसैले अभ्यास सुरुहुनु निकै राम्रो हो’, प्रिन्सले भने ।

संघका अनुसार मंगलबार बिहानदेखि लगातार बिहान ३ घण्टा अभ्यास हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :