टेनिस खेलाडी ग्रिगोर डिमिट्रोभलाई कोरोना

एजेन्सी । बुल्गेरियाका विश्व नम्बर १९ टेनिस खेलाडी ग्रिगोर डिमिट्रोभमा कोरोना भाईरसको संक्रमण पोजिटिभ देखिएको छ । उनलाई कोरोनाको संक्रमण देखिए पछि एड्रिया टूर एग्जिबिशन टेनिस प्रतियोगिता रद्द गरिएको छ ।

उतm प्रतियोगितामा विश्व नम्बर १ नोभाक जोकोविक र रूसका आन्द्रे रुब्लेभ प्रतियोगिताको अन्तिम चरणमा पुगेका थिए ।

डिमिट्रोभले आफ्नो तस्विर इन्स्टाग्राममा पोष्ट गर्दै उनलाई कोरोना संक्रमण भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् ,‘म मेरो प्रशंसक र साथीहरूलाई जानकारी दिन चाहन्छु मेरो रिपोर्ट सकारात्मक आएको छ । म चाहन्छु कि विगतमा मसँग सम्पर्कमा आएका व्यक्तिहरू आवश्यक सतर्कताको साथ परीक्षण गरुन् । यदि तपाईहरुलाई मैले कुनै हानी गरेमा म माफी चाहन्छु । म आराम गर्दै छु । तपाईको समर्थनका लागि धन्यवाद ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :