क्रोएसिएन टेनिस खेलाडी बोर्ना कोरिकलाई कोरोना संक्रमण

एजेन्सी । क्रोएसिएन टेनिस खेलाडी बोर्ना कोरिकलाई कोरोना संक्रमण देखा परेको छ ।

विश्व वरियताको शिर्ष ५० भित्र पर्नेे क्रोएसिएन कोरिकले आफूलाई कोरोना परिक्षणमा पोजिटिभ देखिएको जनाएका हुन् । उनले आफ्नो ट्विटरमा कोरोनाको परिक्षण गर्दा नतिजा पोजिटिभ आएको उल्लेख गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्,‘मलाई कोरोनाको संक्रमण देखा परेको सबैलाई जानकारी गराउन चाहन्छु । केह्स् साता उता मेरो सम्पर्कमा आउनु भएका सबैलाई कृपया एकपटक कोरोनाको परिक्षण गराउनुहुन अनुरोध गर्दछु । मेरो कारणले तपाईहरुमा पर्न गएको असुविधा प्रति क्षमा चाहन्छु ।’

कोरिकलाई क्रोएसियामा भर्खरै मात्र भएको एक प्रदर्शनी टेनिस प्रतियोगितामा सहभागि भए पश्चात कोरोनाको संक्रमण देखा परेको हो ।

यसै प्रतियोगितामा सहभागि अर्काे एक खेलाडी ग्रिगोर डिमित्रोभलाई पनि कोरोनाको संक्रमण देखा परको थियो ।

ग्रिगोरलाई कोरोना देखिएपछि आईतबारका लागि तय भएको नोभाक जोकाभिक र आन्द्रे रुब्लेभबिचको फाईनल खेल रद्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :