नोभाक जोकोभिचलाई कोरोना संक्रमण


एजेन्सी ।
विश्वका नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचमा कोरोना संक्रमण देखिएको छ । चेकजाँचको क्रममा मंगलबार जोकोभिचलाई कोरोना देखिएको हो ।

सर्बियाली खेलाडी जोकेभिचसँगै उनकी श्रीमतीलाई पनि कोरोना भएको छ । विदेशी समाचार माद्यमका अनुसार परिवारको कोरोना परिक्षणको क्रममा श्रीमती र जोकोभिचमा कोरोना देखिएको हो ।

उनीहरुले सोमबार परिक्षण गराएका थिए ।

जोकोभिचले केही समय अघि सर्बिया र क्रोएसियामा भएको च्यारिटी टेनिस लगायतका प्रतियोगितामा भाग लिएका थिए । सोही क्रममा उनमा कोरोनाको संक्रमण भएको हुन सक्ने आसंका गरिएको छ ।

सर्बियाको राजधानी बेलग्राडमा भएको च्यारिटी खेलमा प्रसस्त दर्शक थिए । खेलाडीद्धय ग्रिगोर डिमिट्रोभ र क्रोएसियाका बोर्ना कोरिचलाई प्रतियोगिताका दौरान कोरोना पोजेटिभ देखिएको थियो । खेलाडीमा संक्रमण देखिए पनि प्रतियोगिता बीचमै रोकिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :